Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

जावलाखेल मैदानमा पाँच दिनसम्म गोदावरी फूलको प्रदर्शनी

खबरडबली संवाददाता

काठमाडौं । तिहारको अवसरमा ललितपुरको जावलाखेल मैदानमा गोदावरी फूलको पाँच दिने प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले आइतबार पत्रकार सम्मेलनमार्फत असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ‘गोदावरी फूल प्रदर्शनी’ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

सन् १९९४ (२०५१ साल) देखि निरन्तर पुष्प मेला तथा प्रदर्शनी गर्दै आएको एसोसिएसनले यस वर्ष १८औँ प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्न लागेको हो । यस वर्षको प्रदर्शनीको नारा  ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ राखिएको छ ।

प्रदर्शनीमा करिब ९० वटा स्टल रहनेछन् । तीमध्ये ८० वटा व्यवसायिक, पाँच अफिसियल, दुई प्रतियोगितात्मक, दुई सेल्फी स्टल र एक प्लान्ट क्लिनिक रहनेछन् । गोदावरी फूलका पाँच प्रजातामा—मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर—प्रतियोगिता हुनेछ । साथै उत्कृष्ट स्टलको पनि छुट्टै प्रतिस्पर्धा हुनेछ । विजेतालाई शिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

मेलामा देशभरका नर्सरी व्यवसायीले उत्पादन गरेका करिब ४५० प्रकारका फूलका विरुवा प्रदर्शनीमा राख्ने छन् । आयोजकले ४० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र झण्डै एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छ ।

प्रदर्शनीको उद्घाटन असोज २९ गते (बुधबार) बिहान ११ बजे नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले गर्ने कार्यक्रम तय भएको छ । पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ, उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जन, महासचिव हिरामणि शर्मा लगायत पदाधिकारी र व्यवसायीहरूको उपस्थिति थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव...

नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत सिधनिया घाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

बाँके । नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ । करिब ११ मिटर ...

प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ३० हजार म्यादी प्रहरी भर्ना खुल्ने

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्ष...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार पुस २३ गते उम्मेदवारी दर्ता गर्ने प्रक्रिया ...

सीआईबीद्वारा नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रस्टका नाममा दर्ता जग्गा भाडामा दिने प्रक्रियामा अनियमितता भएको आरोपमा पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् ।  प्रहरी केन्द्...

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्...

हात्तीको बथान झापा प्रवेश गरेपछि सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ ...

कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने ४४ वर्षीय आनन्दकुमार साह पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्...

ठूला ढुंगाहरू खसेर कर्णाली करिडोरमा सडक अवरुद्ध

हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्न ज्ञाने ओढार ढुंगा चर्किएर खस्दा सडक अवरुद्ध भएको छ ।  सर्केगाड गाउँपालिका–१ को ज्ञाने ओढारको ढुंगा चर्किएर खस...

सिन्धुलीमा कम्युनिष्ट पार्टीप्रतिको युवा आकर्षण बढ्दै

सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका जिल्ला अध्यक्ष दीपक कार्की लगायत दर्जनौं युवाहरूले नेपाली कम्युनिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending