Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

जावलाखेल मैदानमा पाँच दिनसम्म गोदावरी फूलको प्रदर्शनी

खबरडबली संवाददाता

काठमाडौं । तिहारको अवसरमा ललितपुरको जावलाखेल मैदानमा गोदावरी फूलको पाँच दिने प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले आइतबार पत्रकार सम्मेलनमार्फत असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ‘गोदावरी फूल प्रदर्शनी’ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

सन् १९९४ (२०५१ साल) देखि निरन्तर पुष्प मेला तथा प्रदर्शनी गर्दै आएको एसोसिएसनले यस वर्ष १८औँ प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्न लागेको हो । यस वर्षको प्रदर्शनीको नारा  ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ राखिएको छ ।

प्रदर्शनीमा करिब ९० वटा स्टल रहनेछन् । तीमध्ये ८० वटा व्यवसायिक, पाँच अफिसियल, दुई प्रतियोगितात्मक, दुई सेल्फी स्टल र एक प्लान्ट क्लिनिक रहनेछन् । गोदावरी फूलका पाँच प्रजातामा—मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर—प्रतियोगिता हुनेछ । साथै उत्कृष्ट स्टलको पनि छुट्टै प्रतिस्पर्धा हुनेछ । विजेतालाई शिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

मेलामा देशभरका नर्सरी व्यवसायीले उत्पादन गरेका करिब ४५० प्रकारका फूलका विरुवा प्रदर्शनीमा राख्ने छन् । आयोजकले ४० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र झण्डै एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छ ।

प्रदर्शनीको उद्घाटन असोज २९ गते (बुधबार) बिहान ११ बजे नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले गर्ने कार्यक्रम तय भएको छ । पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ, उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जन, महासचिव हिरामणि शर्मा लगायत पदाधिकारी र व्यवसायीहरूको उपस्थिति थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending