इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र सडक भासिने समस्या नरोकिएर पछि अहिले यातायात पूर्ण रुपमा बन्द गरेर मर्मतको काम भइरहेको छ ।
माइखोलामा काम भइरहेको स्थान भन्दा माथि पनि पहिरो गएर राजमार्गनै चुट्टिएको अवस्था छ । अहिले खोलाबाटै कंक्रिट वाल उठाउने काम भइरहेको र अब चार मिटर जति वालको काम बाँकी रहेको सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए। ‘अब सातादिन भित्र वालको सबै काम सकिन्छ । त्यसपछि माटो फिलिङ गरेर साना सवारी सञ्चालनमा ल्याउने लक्ष्यले काम भइरहेको छ,’ घिमिरेले भने।
बेलासे-भञ्ज्याङ सडकको काम पुन: सुरु
यता राजमार्गको माइखोला खण्डको विकल्पमा रहेको केचना–कञ्चनजंघा सडक अन्तर्गत बेलासे–भञ्ज्याङ सडकको काम आजदेखि सुरु भएको छ । गएको असोज १८ गतेको बाढी पहिरोपछि यो सडक खण्डको काम धेरैनै सुस्त भएको थियो । पटक–पटक ठेक्का तोड्ने चेतावनीपछि खड्का कृष्ण सक्षम जेभीले पुन:अन्तिम पटकका लागि छ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएर काम सुरु गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
‘ठेक्केदार कम्पनीका दोस्रो लगानीकर्ता आएर काम सक्ने लिखित सहमति गरेर गएका थिए ।’ कार्यालयका इन्जिनियर घिमिरेले भन्नुभयो, ‘आजदेखि काम सुरु गरेका छन् । अब त्यो सडक पनि अब अलि सहज हुुन्छ भन्ने अपेक्षा गरेका छौं ।’ खड्का कृष्ण सक्षम जेभीले उक्त सडक खण्डलाई २९ करोड रुपियाँमा ठेक्कालिएर काम सुरु गरेको थियो । तर, पटक–पटक समय थप गर्दा पनि अहिले सम्ममा ४५ प्रतिशतमात्र काम भएको डिभिजन कार्यालयले जनाएको छ । बेलासे देखि भञ्ज्याङ सम्मको साढे नौं किलोमिटर सडक कालोपत्रे गर्ने कामभएपनि ठेकेदारले तोकिएको समयमा उक्त काम नगर्दा त्यसको असर इलाम, पाँचथर र ताप्लेजुङ बासीलाई छ ।
बेली ब्रिजको सामग्री आउँदै
केचना–कञ्चनजंघा सडक अन्तर्गत नै पर्ने पुवा खोलाका लागि आवश्यक रहेको बेली ब्रिजको सामग्री पनि आउन थालेको घिमिरेले जानकारी दिए। ‘तीन गाडी सामन आइसकेको छ । जम्मा २० गाडी सामान आउनु पर्ने हो । अब अर्को लटमा आठ गाडी र पाँच गाडी लोड भइसकेको जानकारी आएको छ ।’ घिमिरेले भन्नुभयो, ‘भारतमा तयार हुँदै लोड हुँदै गरेको सामग्री आउन केही दिन लाग्ने र जम्मा २० गाडी सामग्री आइसके पछि मात्र जडान कार्य सुरु गरिने छ ।’ पुलको अलग–अलग सामग्री एउटा गाडीमा मिसिएर आउने कारण सबै सामग्री आइसके पछिमात्र जडान सुरु हुने बताइएको छ ।
यता लामो समयदेखि राजमार्ग अवरुद्ध हुँदा इलाम सहित पाँचथर र ताप्लेजुङबासी समस्यामा छन् । वैकल्पिक सिमलगोलाई–तिल्केनी र केचना–कञ्चनजंघा दुवै सडक हिलाम्मे र बीचमा खोलाको डाइभर्सन भरपर्दो नहुँदा मेची पहाडका बासिन्दा समस्यामा परेका हुन् । लामो समय राजमार्ग अवरुद्ध भएर दैनिक उपभोग्य वस्तुको ढुवानी सहज नभएपछि इलाम बजार सहित गाउँसम्म जाने दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ ।
अहिले खाना पकाउने ग्याँसको मुुल्य इलामबजारमा प्रति सिलिन्डर दुई हजार चार सय रुपियाँमा किनबेच भइरहेको छ । यस्तै खाद्यान्न सहित तरकारी अन्य बस्तुहरुको समेत मूल्य बढेको बिक्रेताहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...
श्रावण ११ गते, २०८३ - १४:४०
काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...
श्रावण ११ गते, २०८३ - १४:२६
विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...
श्रावण ११ गते, २०८३ - १४:००
काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...
श्रावण ११ गते, २०८३ - १३:४५
इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...
श्रावण ११ गते, २०८३ - १३:३१
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १३:०२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...
श्रावण ११ गते, २०८३ - १२:४४
लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...
श्रावण ११ गते, २०८३ - १२:०३
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...
श्रावण ११ गते, २०८३ - ११:५३
काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...



प्रतिकृया लेख्नुहोस्: