लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ ।
धान खेतीका लागि सिरहाका १७ वटै पालिकामा आठ हजार मेट्रिक टन डिएपी र १० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्नेमा हालसम्म एक हजार ४८ मेट्रिक टन डिएपी र तीन हजार १६९ मेट्रिक टन युरिया मल जिल्लाका १७ वटै पालिकामा रहेका १८१ कृषि सहकारीमार्फत वितरणका लागि पठाइसकिएको शाखा कार्यालय लहानका प्रमुख चेवन खड्काले जानकारी दिए।
उनका अनुसार साउन २० गतेसम्म सिरहालाई आवश्यक पर्ने डिएपी मल आइपुग्नेछ । कोटाअनुसार पर्याप्त मल नपुग्दा सखुवानन्कारकट्टी, भगवानपुर, बरियारपट्टी, औरही र लक्ष्मीपुर पतारी गाउँपालिकाका कृषि सहकारीहरूले आवश्यकताअनुसार मल वितरण गर्न कठिनाइ भइरहेको छ ।
खड्काले आर्थिक वर्ष २०८३/८४ मा धानबालीका लागि आवश्यक पर्ने आठ हजार मेट्रिक टन युरिया र सात हजार मेट्रिक टन डिएपी मल धान खेती सुरु हुनुअघि नै भण्डारण गर्ने तयारी केन्द्रीय कार्यालयले गरेको जानकारी दिए।
कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख किसुनदेव राउतका अनुसार सिरहामा हालसम्म ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । जिल्लामा ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । मधेश प्रदेशको कुल धान उत्पादनमध्ये १६.६ प्रतिशत उत्पादन सिरहाबाट हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १४:००
काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...
श्रावण ११ गते, २०८३ - १३:४५
इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...
श्रावण ११ गते, २०८३ - १३:३१
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १३:०२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...
श्रावण ११ गते, २०८३ - १२:४४
लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...
श्रावण ११ गते, २०८३ - १२:०३
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...
श्रावण ११ गते, २०८३ - ११:५३
काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...
श्रावण ११ गते, २०८३ - ११:२९
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुन: स्थापना गरिने बताएका छन्। उद्घाटन समा...
श्रावण ११ गते, २०८३ - ११:१५
काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। सोमबार बि...
श्रावण ११ गते, २०८३ - ११:०६
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। मुना र ताकम प्रहरी चौकीबाट खटिएको उद्धार ट...



प्रतिकृया लेख्नुहोस्: