Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नेतृत्व बदल्ने एजेन्डाले कांग्रेसको विवाद उत्कर्षमा

खबरडबली संवाददाता

काठमाडौं । पार्टीको नेतृत्व लिन हतार गरेको भनी संस्थापन पक्षले आफूमाथि आरोप लगाएपछि महामन्त्री थापाले खण्डन गरेका छन् । शनिबारको बैठकमा थापाले आफूले सभापतिका लागि यो सब नगरेको प्रस्टीकरण दिए । 

‘म सभापति र पदाधिकारी नभई केन्द्रीय सदस्यका रूपमा काम गर्न तयार छु, सभापति हुन खोजिरहेको छैन,’ उनले भने, ‘२३ र २४ भदौअघिको नेपाल र त्यसपछिको नेपाल एउटै होइन । हामीले पार्टीलाई आमूल रूपान्तरण नगर्ने हो भने यसको सान्दर्भिकता बचाउन सक्दैनौं ।’ 

उनले सभापति शेरबहादुर देउवालाई अब धेरै दुःख नदिन पनि सबैसँग आग्रह गरे । ‘मैले पटकपटक भन्दै आएको छु, सभापतिलाई जति बढी दुःख दिन्छौं, त्यति बढी पीडा हुन्छ, यस्तो दुःख नदिऔं,’ उनको भनाइ थियो ।साझा एजेन्डा तय हुन नसकेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नै सर्‍यो

जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएयता सभापति देउवा सार्वजनिक भएका छैनन् । पदाधिकारी र पूर्वपदाधिकारीको बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा भने देउवा आफैंले अध्यक्षता गर्ने प्रवक्ता प्रकाशशरण महतले बताए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार शनिबारसम्म केन्द्रीय कार्यसम्पादन समितिका ३२ जनाले धारणा राखेका छन् । अझै केही नेताले बोल्न बाँकी रहेकाले केन्द्रीय कार्यसमितिको बैठक मंगलबारसम्म सारेर साझा एजेन्डा तय गर्ने प्रयास जारी भइरहेको पौडेलले बताए । 

२१ फागुनका लागि घोषित निर्वाचनअघि पार्टीभित्र आमूल रूपान्तरण नभए निर्वाचनमा कांग्रेस कमजोर हुने तर्क महामन्त्रीहरूको छ । विशेष महाधिवेशनको अभियान सम्हालिरहेका युवा नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन बोलाउनका लागि देशभरबाट करिब २३ सय महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन भएको दाबी गरे । कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू ४ हजार ७ सय ४५ छन् । यसबीचमा कतिपयको निधन भएकाले यो संख्या घटेको संस्थापन इतरपक्षको भनाइ छ ।

आइतबारको केन्द्रीय कार्यसमिति बैठकअघि हस्ताक्षरसहितको निवेदन सानेपास्थित पार्टी कार्यालयमा बुझाउने तयारी थियो । केन्द्रीय कार्यसमिति बैठक सरेपछि निवेदन आइतबार नै दर्ता गर्ने वा सोमबार भन्नेमा छलफल भइरहेको घिमिरेले बताए । ‘हामीले ५० प्रतिशतभन्दा बढीको हस्ताक्षर पुर्‍याइसकेका छौं, त्यसको रुजु कार्य भइरहेको छ, पदाधिकारी तथा पूर्वपदाधिकारीले जस्तो एजेन्डा तय गरे पनि विशेष महाधिवेशनको माग राखेर हस्ताक्षरसहित निवेदन दिने निर्णय हामीले गरिसकेका छौं,’ उनले भने ।

छोटो बाटोबाट मंसिर अन्तिम साताभित्र महाधिवेशन गर्न सकिने महामन्त्री थापाको भनाइ छ । तर तयारी अवधि र सहभागिताको कारण देखाएर संस्थापन पक्षका नेताहरूले तिथि तोक्न मानिरहेका छैनन् । ‘२१ फागुनमा निर्वाचन भइहाल्यो भने आफूहरूको हातमा केही हुन्न भन्ने ठानेर होला, छोटो प्रक्रिया अपनाएर मंसिरमा नियमित महाधिवेशन गर्न संस्थापन पक्षले मानिरहेको छैन,’ इतरपक्षका एक नेताले भने, ‘तर अहिलेकै नेतृत्व राखेर चुनावमा जान सकिन्न । जसरी पनि महाधिवेशन गरेर नीति र नेतृत्व दुवै बदल्नुपर्छ ।’ अर्का एक नेताका अनुसार नेता कृष्णप्रसाद सिटौलाले नै देउवालाई नेतृत्व नछाड्न सबैभन्दा बढी दबाब दिँदै आएका छन् ।

मंसिरमा नियमित महाधिवेशन गर्ने विकल्पमा देउवालाई नेतृत्वमै राखेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिने वा अहिलेको केन्द्रीय कार्यसमिति विघटन गरेर कसैको संयोजकत्वमा महाधिवेशन आयोजक समितिसमेत गठन गर्ने विकल्पमा संस्थापन पक्षले छलफल गरिरहेको छ । तर संस्थापन पक्षभित्रै पनि नेतृत्वको सवालमा एकमत देखिएको छैन ।
यो समाचार कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending