नवलपुर । नवलपुरको कावासोती–५ स्थित पुष्पाञ्जली टोल विकास संस्थाले शनिबार रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । त्यस्तै, ७० वर्ष उमेर नाघेका २४ जना ज्येष्ठ नागरिकलाई अण्डा, हर्लिक्स र खाद्यान्नसहित पोषणयुक्त सामग्री प्रदान गरी सम्मान गरिएको हो । साथै, १३ जना सहयोगदातालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको संस्थाले जनाएको छ ।
यो कार्यक्रम कावासोती–५ वडा कार्यालयको समन्वय र नवलपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष हेमराज थापाले समाजमा रचनात्मक र सामाजिक कार्यको सुरुवात गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । बजारबाट टाढा र ग्रामीण बस्ती भए पनि स्थानीयको उत्साह र सहयोगले रक्तदान कार्यक्रम सफल भएको उनले बताए ।
वडा नं. ५ का अध्यक्ष निरज पुनले पुष्पाञ्जली टोल विकास संस्थाले उदाहरणीय कार्य गरेको उल्लेख गरे । उनका अनुसार, कावासोती नगरपालिकाभित्रका टोल विकास संस्थामध्ये यस संस्थाले पहिलोपटक यस्ता सामाजिक गतिविधि सञ्चालन गरेको हो । वडा कार्यालय समुदायका यस्ता हरेक पहलमा साथ र सहयोग गर्न सदैव तयार रहेको उनले प्रतिबद्धता जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: