भोजपुर । यहाँको हतुवागढी गाउँपालिकाले वषौैँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।
जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् । चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताइन् । ‘फुसको छानो हुँदा धेरै समस्या थियो’, उनले भनिन्, ‘म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थेँ । अहिले सहज छ ।’
गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि रु ७० लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । उनका अनुसार प्रतिघर रु ७५ हजार बराबरको सहयोग गरिएको छ ।
‘आर्थिक अवस्था कमजोर भएर छानो फेर्न नसक्ने परिवारलाई प्राथमिकतामा राखेर हामीले सहयोग गरेका हौँ,’ निरौलाले भने- ‘छानो फेरिएपछि वर्षाको समयमा उनीहरूलाई सहज भएको छ ।’
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताए । दलित, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।
स्थानीय तह सञ्चालनमा आएपछि सुरक्षित आवास, जनता आवास र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत हालसम्म ४०५ परिवारका लागि जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: