काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा समूह विजेता बन्दै नेपाल सुपर सिक्स चरणमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै दुई अंकसहित शीर्ष स्थानमा रहँदै अगाडि बढेको हो ।
पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३१ रनको योगफल बनाएको थियो । त्यसलाई नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर सहजै पूरा गर्यो । समूह उपविजेता बनेको जापान पनि सुपर सिक्समा प्रवेश गर्न सफल भएको छ ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ३८ रन बनाउँदै जितको आधार तयार गरे । शेखले २१ बलमा एक छक्का र चार छक्का प्रहार गरे । त्यस्तै, गुल्सन झाले २८ रन जोड्दा कुशल भुर्तेलले २१, कप्तान रोहित पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले १४ रनको योगदान गरे ।
जापानका बलरहरू मध्ये शोमा स्लेटरले दुई विकेट लिन सफल भए भने रेओ साकुरानो थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकीले एक–एक विकेट हात पारे ।
जापानका लागि केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतक प्रहार गरे । उनले ४६ बलमा ६ चौका सहित ६० रन जोडे । त्यसैगरी, इसम रहमानले २५ बलमा ३१ रनको उपयोगी पारी खेले । नेपालका बलरहरू मध्ये सन्दीप लामिछाने र गुल्सन झाले दुई–दुई विकेट हात पारे भने सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए । कसिलो बलिङ गर्दै दीपेन्द्रसिंह ऐरीले तीन ओभरमा १५ रन मात्र खर्चिए ।
सर्वोत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका गुल्सन झा ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले बलिङमा दुई विकेटसहित ब्याटिङमा २८ रनको महत्त्वपूर्ण योगदान गरे । नेपालले अब सुपर सिक्स चरणको पहिलो खेल समूह ‘ए’को विजेता युएईसँग आइतबार खेल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: