Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

माओवादीमा प्रचण्ड कमरेडको विकल्प छैन: मात्रिका यादव

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता मात्रिका यादवले पार्टी नेतृत्वमा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को विकल्प सोच्न पनि नसकिने बताएका छन् । एभरेष्ट दैनिकसँगको कुराकानीका क्रममा नेता यादवले पार्टी नेतृत्वका लागि संयोजक प्रचण्डको विकल्प नै नभएको बताए । 

पार्टीभित्र लोकप्रियता हासिल गर्नेहरूको त्रासित मानसिकताको उपजले नेतृत्वको बारेमा बेलाबेला प्रश्न उठाइने गरेकोमा दुःख व्यक्त गर्दै यादवले भने, "अहिले जुन किसिमले हावामा बग्ने प्रवृत्ति छ, त्यो हाम्रो पार्टीमा पनि देखिएको छ । यो केवल लोकप्रियता हासिल गर्ने त्रासित मानसिकताको उपज हो । जो असक्षम छ, जसले विचार नै दिन सक्दैन, जो क्रियाशील हुन सक्दैन, जसका कारणले पार्टीमा समस्या भएको छ—त्यस्ता मानिसहरू हट्दै जाँदा पनि पार्टीमा कुनै अर्थ रहँदैन ।"

नेतृत्वका लागि विचार, क्रियाशीलता र त्यसको कार्यान्वयन गर्ने क्षमताका आधार हुने भन्दै यादवले उमेरका आधारमा हेर्न नमिल्ने बताए । उनले भने, "उमेरको हिसाबले हेर्न मिल्दैन । सक्रियता, आँट, साहसको कुरा हेर्नुपर्छ । युवा हुँदैमा सक्षम हुने र उमेर बढ्दा असक्षम हुने हुँदैन । अध्यक्षको अहिलेको सक्रियता पार्टीमा सबैभन्दा अगाडि छ । यो त पुष्टि भइसकेको कुरा हो नि । कमरेड प्रचण्ड भन्दा अरु नेताहरु कसरी सही विकल्प हुन् ? "

नेता यादवले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उमेरले परिपक्व व्यक्तिलाई नै नेतृत्वमा ल्याइएको कुरा स्मरण गरे । उनले भने, "हाम्रो अध्यक्ष त जम्मा ७१ वर्षमा लाग्नु भएको छ । चीनका राष्ट्रपति ७२ वर्षका, अमेरिकाका राष्ट्रपति ७९ वर्षका, भारतका प्रधानमन्त्री ७५ वर्षका र रुसी राष्ट्रपति ७२ वर्षकै हुनुहुन्छ । जेनजीको आन्दोलन भए पनि हेर्नुस् त, अहिलेको प्रधानमन्त्री त हाम्रो प्रचण्ड कमरेडभन्दा दुई वर्ष बढीको हुनुहुन्छ नि । त्यसैले उमेरले होइन, राजनीतिक सक्रियता र विचारलाई आधार बनाएर नेतृत्वको विषयमा बहस हुनुपर्छ ।"

पार्टीका संयोजक प्रचण्डको सक्रियताले अहिले मुलुकमा प्रतिगमनकारी शक्ति सफल नभएको बताउँदै नेता यादवले पार्टीभित्र परिवर्तनविरोधी विसर्जनवादी शक्ति सक्रिय भएको आरोप लगाए । उनले भने, "पार्टी अध्यक्षको रूपमा जसरी पहल लिनुभयो, त्यसले नै प्रतिगमनकारी शक्ति सफल नभएका हुन् । संविधान जोगाउन र परिवर्तनका उपलब्धिहरू रक्षामा पार्टी नेतृत्वले लिएको पहल उदाहरणीय छ । सबै पार्टीले शिक्षा लिनुपर्ने गरी नेतृत्व अप्ठ्यारो बेलामा सक्रिय भएर लागेको छ । शारीरिक र वैचारिक रूपमा युवाहरूले समेत प्रतिस्पर्धा गर्न सक्दैनन् । यस्तो बेलामा नेतृत्वका बारेमा विसर्जनवादीहरूले विभिन्न प्रश्न उठाएका छन्, जसको कुनै अर्थ छैन ।"

बेलाबेला नेपालमा मौसमी अर्थात् बजारीया हल्ला आउने भन्दै नेता यादवले अहिले नेतृत्वका विषयमा पनि यस्तै हल्ला गरिएको बताए । उनले भने, "नेपालमा बेलाबेला मौसमी अर्थात् बजारीया हल्लाहरू आउने गरेका छन् । त्यही हल्लाको पछि दौडिएर लोकप्रिय बन्न खोज्ने प्रवृत्ति हाम्रो पार्टीमा पनि छ । क्रान्तिकारी धार त्यो प्रवृत्तिको विरोधमा उभिन्छ । त्यस्ता प्रवृत्ति सफल पनि हुँदैनन् ।"

अहिलेको परिस्थितिमा पार्टी नेतृत्वलाई सहयोग गर्नुपर्नेमा असहयोग भइरहेको भन्दै नेता यादवले अब जनयुद्धको समयमा जस्तै एकीकृत हुनुपर्नेमा जोड दिए । उनले भने, "नेतृत्वलाई विभिन्न प्रकारका खतरा छन्, उहाँले प्राप्त उपलब्धि रक्षाका लागि रूपान्तरणसहितको एकताको कुरा गर्नुभएको छ । सबैले नेतृत्वलाई साथ दिनुपर्नेमा अप्ठ्यारो पार्ने काम सह्य हुँदैन । जनयुद्धको समयमा जस्तै नेतृत्वमा एकाकार भएर अगाडि बढ्छौँ । सुधारको कुरा नेतृत्वदेखि तलसम्म हुनुपर्छ । "

नेपालको विकास र नेपाली जनताको चाहनाअनुसारको सुशासन, आर्थिक तथा सामाजिक क्रान्तिका बाँकी काम पूरा गर्न अहिलेको नेतृत्वको विकल्प नभएकोमा नेता यादवले जोड दिए । साभार: एभरेष्ट दैनिक डटकमबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसः विश्वव्यापी सर्वेक्षणको निष्कर्ष

पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज ग...

चुनावी तयारीको ६० प्रतिशत काम सम्पन्न: निर्वाचन आयाेग

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीमध्ये करिब ६० प्रतिशत काम सकिएको निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाध...

जावलाखेलस्थित सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबा...

एमाले दम्भ र अहङ्कारले भत्किएको घर हाे: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्...

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

काठमाडौं । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठम...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

मनिला । फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले बुधबा...

बेमाैसमी वर्षाका कारण धान उत्पादनमा ३ लाख मेट्रिक टनले कमी आउने

काठमाडौं । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि त...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री प्रसन्ना रणतुङ्गा पक्राउ

कोलम्बो । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेक...

अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

न्यूयोर्क । संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयासहरु गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमा...

सन् २०२५ मा विश्व वाइन उत्पादन सामान्य सुधारतर्फ

पेरिस । गत वर्षको तीव्र मन्दीपछि सन् २०२५ मा विश्वव्यापी वाइन उत्पादन सामान्य सुधारको दिशामा रहेको उद्योगको अन्तर्राष्ट्रिय निकायले बुधबार जानकारी दिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending