Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बङ्गलादेशमा आतङ्कवादविरोधी कानूनमार्फत राजनीतिक दमन तीव्र

खबरडबली संवाददाता

न्युयोर्क । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन भएको बङ्गलादेशको अन्तरिम सरकारले पदच्युत अवामी लिगका समर्थकविरुद्ध संशोधित आतङ्कवादविरोधी कानूनको प्रयोग तीव्र पारेको ह्युमन राइट्स वाच (एचआरडब्ल्यु) ले बिहीबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार टोलीले हालै बङ्गलादेशमा भइरहेका गिरफ्तारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्वेच्छिकरूपमा हिरासतमा रहेका सबैलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । साथै, अधिकार सुनिश्चित गर्न र गैरकानूनी राजनीतिक हिंसामा संलग्नविरुद्ध निष्पक्ष मुद्दा चलाउन सरकारलाई सुझाव दिएको छ ।

पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग सरकार तीन हप्तासम्म चलेको हिंसात्मक आन्दोलनपछि सन् २०२४ को अगस्टमा पतन भएको थियो । उक्त आन्दोलनमा करिब एक हजार चार जनाको मृत्यु भएको थियो । त्यसपछि बनेको अन्तरिम सरकारले २०२५ मे १२ मा आतङ्कवादविरोधी ऐन संशोधन गर्दै अवामी लिगमाथि ‘अस्थायी प्रतिबन्ध’ लगाएको थियो । 

यस अन्तर्गत पार्टीका बैठक, प्रकाशन र अनलाइन गतिविधिमा पूर्ण रोक लगाइएको छ । ह्युमन राइट्स वाचकी उप-एसिया निर्देशक मीनाक्षी गाङ्गुलीले भने, “अन्तरिम सरकारले शेख हसिनाको शासनकालमा भएका गलत अभ्यास दोहोर्याउन हुँदैन । जेल राजनीतिक विरोधीले भरिनु वा शान्तिपूर्ण असहमति दबिनु अस्वीकार्य हो ।”

उनले सरकारलाई संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयलाई देशमा सक्रिय निगरानीका लागि सहयोग गर्न आग्रह गरे । अन्तरिम सरकार बनेपछि हजारौँ नागरिक पक्राउ परेका छन् । केहीमाथि आतङ्कवादी गतिविधिमा संलग्नताको र अन्यमाथि हत्या वा हिंसामा संलग्नताको आरोप लगाइएको छ । कैयौँले हसिना सरकारकालीन अभ्याससँग मेल खाने किसिमको हिरासतमा दुव्र्यवहार र उपचार नपाएको गुनासो गरेका छन् ।

गत अगस्ट २८ मा ‘मञ्च ७१’ नामक स्वतन्त्रता उत्सवका क्रममा पत्रकार र शिक्षाविद सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । भिडबाट सुरक्षा दिन बोलाइएका प्रहरीले सहभागीलाई नै नियन्त्रणमा लिएको थियो । ढाका विश्वविद्यालयका प्राध्यापक शेख हाफिजुर रहमान र पूर्वमन्त्री अब्दुल लतिफ सिद्दीकी पनि पक्राउ परेकामध्ये थिए । 

सुरुमा ‘सुरक्षाका लागि हिरासत’ भनिए पनि पछि उनिविरुद्ध आतङ्कवाद ऐनअन्तर्गत मुद्दा दायर गरिएको थियो । सेप्टेम्बर ४ मा पत्रकार मन्जुरुल आलम पन्नालाई जमानत सुनुवाइका क्रममा हतकडी र बुलेटप्रुफ ज्याकेटसहित अदालतमा ल्याइएको थियो । उनका परिवारका अनुसार यो केवल छलफल कार्यक्रम थियो, आतङ्कवादी सभा होइन । तर सरकार विरोधी ठहरिएर जेल हालियो ।

आतङ्कवाद विरोधी ऐन पहिलो पटक सन् २००९ मा अवामी लिग सरकारले लागू गरेको थियो । अहिलेको संशोधनबारे सरकारको दाबी छ, “यो ऐन अवामी लिगका दुरुपयोगका लागि जवाफदेही बनाउने र विद्यार्थीको माग सम्बोधन गर्ने उद्देश्यले गरिएको हो ।” तर कानूनविद र अधिकारकर्मीले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार बताएका छन् ।

बङ्गलादेश सम्पादक परिषदले चेतावनी दिंदै भनेको छ, “यो संशोधनले प्रेस स्वतन्त्रता र जनअधिकारमा गम्भीर खतरा पुर्याउने छ ।” तर प्रधानमन्त्री युनुसले ‘अभिव्यक्ति स्वतन्त्रतामा कुनै हस्तक्षेप गरिएको छैन’ भनेर आरोप अस्वीकार गरे । ‘ऐन ओ सालिस केन्द्र’ (एएसके) का अनुसार यस वर्षको सुरुदेखि भिडजन्य हिंसामा कम्तीमा १५२ जनाको मृत्यु भइसकेको छ ।

यद्यपि अन्तरिम सरकारले महिलाको अधिकार र धर्मनिरपेक्ष आन्दोलनलाई दबाउन नसकेको बताइएको छ । एक राजनीतिक कार्यकर्ताले एचआरडब्ल्युलाई भनेका छन्, “हामीसँग अब दुई विकल्प मात्र छन् । या त आतङ्कारीको आरोपमा जेल जानु, या भिडको हिंसाको सिकार बन्नु ।”

सन् २०२५ जुलाईमा मानव अधिकार उच्चायुक्तको कार्यालय र बङ्गलादेशी सरकारबिच तीन वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीअन्तर्गत बङ्गलादेशमा मानव अधिकार प्रवद्र्धनका लागि संयुक्त राष्ट्रसङ्घको मिसन स्थापना हुने छ । मानव अधिकार प्रमुख भोल्कर टर्कका अनुसार यो मिसन बङ्गलादेशको मानव अधिकार प्रतिबद्धताको महत्वपूर्ण माइलस्टोन हुने छ ।

अन्तरिम सरकारले सन् २०२६ फेब्रुअरीमा आमनिर्वाचन गराउने वाचा गरेको छ । तर एचआरडब्ल्युकी मीनाक्षी गाङ्गुलीले भने, “सरकारले आतङ्कवाद विरोधी कानूनको दुरुपयोग तत्काल रोक्नुपर्छ । यो कानून राजनीतिक दमनको औजार बन्दै गएको छ । सरकारको ध्यान निष्पक्ष, सुरक्षित र सहभागी निर्वाचन सुनिश्चिततामा केन्द्रित हुनुपर्छ ।” रासस/एएनआई  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending