Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ओली–लेखक अनुसन्धानबारे सरकार नै द्विविधामा

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनमा गोली प्रहार गरी युवाहरूको मृत्यु भएको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान अघि बढाउने–नबढाउने विषयमा सरकार नै द्विविधामा देखिएको छ । जेन–जी अगुवा र सहिद परिवारले तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन गरेको मागमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री सकारात्मक रहे पनि उच्च सुरक्षा अधिकारी र कानुनविद्ले भने जाँचबुझ आयोगको प्रतिवेदन पर्खन सुझाएका छन् ।

अन्योलबिच चार सहिदका परिवारले मंगलबार दिएको किटानी जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले भने फौजदारी घटनाको अनुसन्धानमा प्रहरी स्वतन्त्र रहेको स्पष्ट पारेको छ । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि छानबिन अगाडि बढाउँदा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीप्रति सुरक्षा अधिकारी सचेत देखिएका छन् । र, मंगलबारका घटनाक्रम पनि त्यतैतर्फ उन्मुख छन् ।

सोमबार नै जेन–जीका एक समूह तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको पक्राउका लागि उजुरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं गएको थियो । परिसरले जाहेरी लिन नमानेपछि चर्काचर्की नै भएको थियो । त्यसपछि बेलुका प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल तथा सुरक्षा निकायका प्रमुखसहितको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

स्रोतका अनुसार बैठकमा सुरक्षा अधिकारीहरूले कार्यादेश नै पाएको जाँचबुझ आयोगले छानबिन गरिरहेकै वेला प्रहरीबाट छुट्टै अनुसन्धान हुनु उचित नभएको र त्यसले बढाउन सक्ने सुरक्षा चुनौतीको विषय उठाएका थिए । साथै, जाँचबुझविना नै प्रहरीले अनुसन्धान अघि बढाउँदा त्यसले मुठभेड बढाउने तथा चुनावको वातावरण बिगार्न सक्ने उनीहरूको सुझाव थियो । तर, बैठकमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले भने ठोस निर्देशन दिएनन् ।

त्यसपछि मंगलबार सहिदका चार परिवार तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको पक्राउ र अनुसन्धानका लागि जाहेरी लिएर परिसर पुगेका थिए । सोमबार जाहेरी लिन नमानेको काठमाडौं प्रहरीले मंगलबार जाहेरी त बुझ्यो, तर दर्ता नै गरेर कार्यन्वयनतिर भने लगेन । बरु, प्रहरीले उक्त जाहेरी आयोगमा पठाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जाँचबुझ आयोगको क्षेत्राधिकार बाझिने भएपछि आफूहरूले आयोगमा जाहेरी पठाइएको बताए ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल भने ओली र लेखकमाथि अनुसन्धान र कारबाही गर्नुपर्ने पक्षमा देखिएका छन् । ‘उहाँहरू अहिले नै कारबाही गर्नुपर्ने पक्षमै हुनुहुन्छ । तर, तत्काल अनुसन्धान अघि बढाउने कि प्रतिवेदन आएपछि भन्नेमा अहिले अन्योल भएको छ,’ गृहका एक उच्च अधिकारीले भने ।

केही जेन–जी अगुवा जाहेरी लिएर प्रहरीमा पुगेपछि बालुवाटारमा सोमबार दिउँसो नै कसरी अघि बढ्ने भनेर उच्च सुरक्षा अधिकारीसहित छलफल भएको थियो । मध्यरातसम्म अर्काे लामो छलफल भएको स्रोत बताउँछ । सुरक्षा अधिकारीले भने तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउँदा एकले अर्काविरुद्ध जाहेरी दिएर प्रतिशोधको राजनीति सुरु हुन सक्ने आकलनसमेत गरेका थिए ।

शान्ति सुरक्षाको अवस्था देशमा अझै लयमा आइनसकेको अवस्थामा हतारमा पक्राउ गर्दा राजनीतिक हिंसा बढ्न सक्ने बताएपछि तत्काल जाहेरी दर्ताको प्रक्रिया रोकिएको स्रोत बताउँछ । गृह मन्त्रालयसँगै सल्लाह गरेर प्रहरीले मंगलबार जाहेरी आयोगमा पठाएको स्रोत बताउँछ । आयोगका प्रवक्ता विज्ञानराज शर्मा सो जाहेरीबारे बुधबार छलफल गरिने बताउँछन् ।

अनुसन्धानका लागि आयोगले खोल्यो बाटो

गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले २३ र २४ भदौमा भएका घटनाको अनुसन्धानमा आयोगको प्रतिवेदन कुर्नु नपर्ने भन्दै अनुसन्धान अघि बढाउन बाटो खोलिदिएको छ । आयोगले मंगलबार विज्ञप्ति प्रकाशन गरी फौजदारी कसुरमा संलग्न जोसुकैलाई नेपाल सरकारका संयन्त्रबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको हो ।

९ असोजमा गृह मन्त्रालयले निकालेको विज्ञप्तिप्रति पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ । यसअघि गृह मन्त्रालयले भने आयोगको कार्यक्षेत्र रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने, तर गैरकानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने जानकारी गराएका थियो । तर, आयोगको प्रस्टीकरणसँगै अब अनुसन्धानमा क्षेत्राधिकार नबाझिने भएको छ ।

जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा आयोगले घटनाको अनुसन्धान गर्ने नभई विश्लेषण मात्र गर्ने भएकाले फौजदारी घटनाको अनुसन्धान गर्न राज्यका सम्बन्धित निकाय स्वतन्त्र हुने प्रतिक्रिया दिए । ‘हामीले घटनाको विश्लेषण गरेर कहाँ कमजोरी भयो भनेर पत्ता लगाउने हो, फौजदारी घटनाको अनुसन्धान गर्ने होइन,’ उनले भने, ‘आन्दोलनमा भएका फौजदारी घटनाको कानुनअनुसार अनुसन्धान र कारबाही गर्न राज्यका निकायहरू स्वतन्त्र छन्, आयोगको प्रतिवेदन आवश्यक पर्दैन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending