Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

युक्रेनसँगको द्वन्द्वका कारणहरूलाई सम्बोधनका लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्रीको भनाइ

खबरडबली संवाददाता

न्यूयोर्क । रूस युक्रेन बिचको द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नको लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्री सर्गेई लावरोभले बताएका छन् ।

लाभ्रोभले रूसको सुरक्षा गर्न र युक्रेनमा रहेका रूसी जनता तथा रूसी भाषीहरुको अधिकार पुनः स्थापनाको महत्वलाई जोड दिदै यस्तो बताएका हुन् ।

यूएनजीएको ८० औँ सत्रमा आफ्नो देशको तर्फबाट बोल्दै उनले मस्कोको अधिकार र चासोको विश्वसनीय सम्मानमा आधारित भएमा रूस युक्रेनका लागि सुरक्षा ग्यारेन्टी बारे छलफल गर्न तयार रहेको बताएका हुन् । द्धन्द्धले राष्ट्रहरू बिचको सार्वभौमसत्तामा समानताको सिद्धान्तको गम्भीर उल्लङ्घन गर्नुका साथै न्याय र विश्वासलाई कमजोर पारी सङ्कट र द्वन्द्व उत्पन्न गर्ने लाभ्रोभले उल्लेख गरेका छन् ।

उनले सम्बन्धित राष्ट्रहरूको सैन्य शक्ति, जनसङ्ख्याको आकार वा आर्थिक स्थितिको परवाह नगरी अन्तर्राष्ट्रिय प्रणालीमा सबै राष्ट्रहरूको उचित स्थिति सुनिश्चित गर्न पनि आह्वान गरेका छन् । लाभ्रोभले पश्चिममको बल प्रयोग वा धम्कीबाट टाढा रहने सिद्धान्तलाई धेरै पटक उल्लङ्घन गरेको उल्लेख गर्दै यसले मध्य पूर्वको स्थिरतालाई झनै कमजोर पारेको बताएका छन् ।

द्धन्द्धको समयमा, प्यालेस्टिनीहरू विरुद्ध इजरायलद्वारा गैरकानुनी बलको प्रयोग, साथै इरान, कतार, यमन, लेबनान, सिरिया र इराकलाई लक्षित गर्ने आक्रामक उपायहरूले सम्पूर्ण क्षेत्रलाई भड्काउने खतरा खडा गरेको उनले जनाएका छन् । रूस–अमेरिका सम्बन्धको सन्दर्भमा, ल्याभरोभले युक्रेनी सङ्कटको व्यावहारिक समाधानका लागि राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिचको अलास्का शिखर सम्मेलन पछि रूसको आशा मस्को र वासिङ्टन बिचको वार्ताको निरन्तरतामा निहित रहेको बताएका छन् ।

रूस र अमेरिकाले विश्वव्यापी अवस्थाप्रति विशेष जिम्मेवारी बोकेका बताउदै उनले नयाँ युद्ध निम्त्याउन सक्ने जोखिमहरूबाट बच्न आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको सुधारको विषमा, लाभ्रोभले आजको विश्वव्यापी शक्तिको सन्तुलन ८० वर्ष अघिको भन्दा मौलिक रूपमा भिन्न रहेको कुरामा जोड दिएका छन् ।

उनले सुरक्षा परिषद्मा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको प्रतिनिधित्व विस्तार गरी सबै सदस्य राष्ट्रको हितको रक्षा गर्दै पूर्ण पारदर्शिताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending