Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

एमालेविरुद्ध कुप्रचार भइरहेको छ, हामी धक्का छिचोल्दै अघि बढ्छौँ - ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार भइरहेको बताएका छन्।

पार्टीको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै उनले विभिन्न चुनौती र आक्रमणका बाबजुद एमाले आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढिरहेको बताए।

ओलीले भने, “हामीले समय–समयमा ठूला धक्काहरू बेहोरेका छौँ। असफलताहरू पनि भोगेका छौँ। एउटा नदी अगाडि बढ्ने क्रममा कहिले यताको किनारामा, कहिले उताको भित्तामा ठोक्किँदै आफ्नो बाटो बनाउँछ। नदी पनि सधैँ सोझो र अवरोधरहित बाटोमा बग्न सक्दैन। त्यसरी नै हामीलाई रोक्न अनेकौँ व्यवधान आएका छन्, तर ती सबै छिचोल्दै हामी अघि बढिरहेका छौँ।”

उनले पार्टीले अहिले गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै कार्यकर्तालाई धैर्य र साहसका साथ अघि बढ्न आग्रह गरे।

ओलीले माओत्सेतुङको भनाइ उद्धृत गर्दै भने, “जसले हिम्मत र आँट गर्छ, उसैले मात्रै बादशाहलाई घोडाबाट झार्न सक्छ। कायरहरूले त्यो गर्न सक्दैनन्। सङ्घर्षलाई अगाडि बढाउने काम साहसीहरूले मात्रै गर्न सक्छन्। हिम्मत सजिलो अवस्थामा सबैले देखाउँछन्, तर अप्ठ्यारो परिस्थितिमा मात्रै वास्तविक साहसको परीक्षा हुन्छ।”

उनले अहिलेको अवस्था पार्टीका कार्यकर्ताका लागि परीक्षा जस्तै भएको उल्लेख गर्दै चुनौतीबाट नआत्तिन र दृढतापूर्वक अघि बढ्न आग्रह गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

मधेशमा लागुऔषधविरुद्ध प्रहरीको अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ परेका छन् । मधेश प्रदेश प्र...

चटकका भरमा बनेको सरकार चटककै भरमा ढल्छ- ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार टिकाउ आधारमा नभई ‘चटक’का भरमा बनेको आरोप लगाएका छन्। एमाले...

एमालेविरुद्ध कुप्रचार भइरहेको छ, हामी धक्का छिचोल्दै अघि बढ्छौँ - ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार भइरहेको बताएका छन्। पार्टीको बागमती प्रदेश जागरण अभियानल...

गुणस्तर मापदण्ड उल्लंघन गरेको भन्दै न्युरोडको रेस्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट ...

सरकारको सय दिन पूर्ण रूपमा असफल भएको देख्छु: प्रचण्ड

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सय दिनको कार्यकाल उपलब्धीविहीन रहेको टिप्पणी गरेका छन्। ल...

ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २०...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्नरगराउनका लागि ...

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending