Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

उत्तर–दक्षिण कोशी राजमार्ग एक महिनादेखि अवरुद्ध

खबरडबली संवाददाता

संखुवासभा । अविरल वर्षाका कारण मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा ठूलो पहिरो खस्दा उत्तर–दक्षिण कोशी राजमार्ग करिब एक महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । 

करिब पाँच सय मिटर सडक बगाउँदा भोटखोला गाउँपालिकासहितका उच्च पहाडी क्षेत्रसँगको सम्पर्क विच्छेद भएको हो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सडक बाहिरी सम्पर्कको एकमात्र माध्यम भएकाले स्थानीयवासी समस्यामा परेको बताए । “दसैँ नजिकिँदै गर्दा आवतजावत मात्र होइन, आवश्यक सामग्री आपूर्ति र बिरामी लैजानसमेत कठिन भएको छ,” उनले भने । उनका अनुसार उत्तरी क्षेत्रका स्थानीय जीवन जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य छन् ।

सडक अवरुद्ध भएपछि खाद्यान्न, इन्धन र दैनिक उपभोग्य सामग्रीको आपूर्ति रोकिँदा बजारमा अभाव देखिन थालेको छ । चाडपर्वका लागि सामान ल्याउन नसक्दा व्यापारीहरू थप चिन्तित बनेका छन् । यात्रुवाहक र मालसामान ढुवानीका गाडी बाटैमा रोकिँदा व्यापारी तथा उपभोक्ता दुवै प्रभावित भएका छन् ।

त्यस्तै, आपतकालीन औषधि र स्वास्थ्य सामग्रीको समेत अभाव देखिएको स्थानीयको गुनासो छ । उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार पहिरो जोखिमपूर्ण स्थानमा खसेकाले सफाइ गरेर यातायात सञ्चालन गर्न कठिनाइ थपिएको छ । “काम सुरु गरे पनि लगातारको वर्षा र पहिरो झर्ने क्रम जारी भएकाले कामदार र मेसिन परिचालनमा समस्या छ,” गुरुङले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending