Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

एकीकृत समाजवादीले वामपन्थी एकतालाई जाेड दिने

बेदुराम भुसालको संयोजकत्वमा वार्ता टोली गठन

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी एकताको प्रयासलाई तीव्रता दिँदै माओवादी केन्द्रसहितका कम्युनिष्ट शक्तिसँग औपचारिक वार्ता गर्न विशेष टोली गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको जानकारी दिएका छन् ।

नेपालले जारी गरेको विज्ञप्तिअनुसार, वार्ता टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन् । टोलीलाई माओवादी मात्र होइन, अन्य वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग समेत गहिरो संवाद र छलफलको जिम्मेवारी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “वाम शक्तिहरूबीचको विगतको अनुभवलाई समीक्षा गर्दै नयाँ परिस्थिति र जनताको चाहनालाई ध्यानमा राखी एकता वार्ताका लागि आवश्यक सैद्धान्तिक आधार तय गर्ने जिम्मेवारी टोलीलाई दिइएको छ ।” यस उद्देश्यका लागि ११ बुँदामा आधारित म्यान्डेट टोलीलाई प्रदान गरिएको छ ।

एकताको सम्भावित खाका तयार पार्न तोकिएका ११ बुँदामा केही महत्वपूर्ण अंशहरू यस्ता छन् । जसमा पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने । क्रान्तिको मूल्याङ्कन: नेपाली क्रान्ति जनवादी चरण पूरा गरी समाजवादी चरणमा प्रवेश गरेको मान्ने ।

प्रधान अन्तर्विरोधको परिभाषामा आम नेपाली जनता र दलाल–नोकरशाही पुँजीपति वर्गबीचको अन्तर्विरोधलाई वर्तमान समाजको मूल अन्तर्विरोध मान्ने । सिद्धान्त र रणनीतिमा  पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता, र दीर्घकालीन रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने ।

वरिष्ठ नेता भुसालले प्रारम्भिक प्रतिक्रियामा वामपन्थी शक्तिहरूबीचको एकता ऐतिहासिक आवश्यकता भएको बताए । उनका अनुसार, “जनताले स्थिरता, विकास र न्याय चाहेका छन् । वामपन्थी शक्तिहरू एक ढिक्का भए मात्र देशको लोकतान्त्रिक र समाजवादी रूपान्तरण सम्भव छ ।”

पार्टी अध्यक्ष नेपालले पनि वामपन्थी एकतालाई वर्तमान राजनीतिक अस्थिरता अन्त्य गर्ने महत्त्वपूर्ण बाटोको रूपमा वर्णन गरेका छन् । उनका अनुसार, “अलगअलग भएर जनता बीचमा पुग्दा हाम्रो प्रभाव घट्छ, त्यसैले एकताबिनाको विकल्प छैन ।”

यो वार्ता टोलीले अब निकट भविष्यमा माओवादी केन्द्रका शीर्ष नेतृत्वसँग प्रारम्भिक छलफल गर्ने र अन्य समाजवादी–कम्युनिष्ट दल तथा समूहहरूसँग समेत क्रमिक रूपमा भेटघाट अघि बढाउने तयारी गरेको छ । वामपन्थी एकताप्रति आम जनता र राजनीतिक वृत्तमा चासो बढेको छ, जसले आगामी दिनमा नेपाली वाम राजनीतिमा नयाँ मोड ल्याउने सम्भावना देखिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending