सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोटलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा अघि बढिरहेको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले छोएका १२ स्थानलाई नयाँ सहरको रूपमा विकास गर्ने सरकारी योजनाअन्तर्गत २०७० सालदेखि सुरु गरिएको खुर्कोट नयाँ सहर परियोजना एक दशकभन्दा बढी समय बित्दा पनि अपेक्षित भौतिक प्रगति हुन सकेको छैन । सरकारको लक्ष्य २० वर्षभित्र खुर्कोटलाई आधुनिक सहरमा रुपान्तरण गर्ने रहेको छ ।
परियोजनाअनुसार एक लाख जनसंख्या अट्ने पूर्वाधार निर्माण गर्ने योजना छ । २०७० सालमा आयोजना कार्यालय स्थापना भए पनि १२ वर्षपछि पनि काम मनग्गे हुन नसकेको स्थानीयवासी रामकृष्ण श्रेष्ठको गुनासो छ । उनले भने, “जग्गा एकीकृत गरेर सहर बनाउने भन्दै मेरो करिब एक रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर न त तय गरेजस्तो विकास भएको छ, न त जग्गा फिर्ता भएको छ ।”
बर्षेनि करोडौँको बजेट आए पनि काम देखिने गरी अघि नबढेको भिमेश्व खुर्कोट जग्गा विकास उपभोक्ता समितिका अध्यक्ष टिकाबहादुर देवकोटाले बताए । “अहिलेसम्म नयाँ सहर आयोजनाले भवन मात्रै बनाएको देखिन्छ, अन्य प्रगति खासै छैन,” उनले भने ।
आयोजना कार्यालयका अनुसार ३३२ किसानको ६७८ रोपनी जग्गा एकीकृत गरेर पूर्वाधार निर्माणको काम भइरहेको छ । हालसम्म जग्गा एकीकरणको भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको छ । वि.सं. २०९० सम्म काम सम्पन्न गर्ने लक्ष्यसहित एक अर्ब रुपैयाँ लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सुरु गरिएको यस परियोजनामा हालसम्म करिब ८७ करोड रुपैयाँ खर्च भएको छ ।
हालसम्मका प्रमुख उपलब्धिमा बहुउद्देश्यीय सामुदायिक भवन चारवटा, अस्थायी बसपार्क, खेलमैदान, पार्क, खानेपानीका चार योजना, १६६ सौर्यबत्ती, १६.७ किमी ट्रयाक खोल्ने र स्तरउन्नति सडक, १०.५ किमी कालोपत्रे सडक, ६०० मिटर ढलान, १४ किमी नाला, ३०० मिटर फुटपाथ तथा कभर्ड हल निर्माण रहेका छन् ।
निमित्त आयोजना प्रमुख सन्तोषकुमार निरौलाका अनुसार गुठी जग्गा एकीकरणको समस्या, बजेटको न्यून विनियोजन, मुआब्जा विवाद र गुठी संस्थानलाई दिनुपर्ने क्षतिपूर्तिको बजेट अभावले काम ढिलो भएको हो । वार्षिक बजेटको आकार घटबढ हुँदा पनि लक्ष्यअनुसार काम अघि बढ्न नसकेको उनले बताए । एकीकृत जग्गा फिर्ता गर्ने काम चालु आर्थिक वर्ष ०८२/०८३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
गोलन्जोर गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रेगनराज थापाका अनुसार सबै एकीकृत जग्गामा पुग्ने सडक निर्माण सम्पन्न भइसकेको छ । “नक्साङ्कन सकेर फाइल मालपोत कार्यालयमा पेस भइसकेको छ । तर त्यहाँको प्रक्रिया लामो भएकाले फाइल अड्किएको छ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: