सल्यान । सल्यान जिल्लामा पहिलोपटक नगरबस सेवा सञ्चालनमा आएको छ । सदरमुकामस्थित शारदा नगरपालिकाले शुक्रबार श्रीनगर बसपार्कमा विशेष कार्यक्रममार्फत मेयर प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा नगरबस सेवा शुभारम्भ गरेका हुन् ।
नेपाली हिन्दूहरूको महान् पर्व बडादसैँका अवसरमा खैरावाङ भगवती मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनलाई लक्षित गर्दै श्रीनगरदेखि खैरावाङसम्मको मार्गमा नगरबस सञ्चालन गरिएको नगरपालिकाका प्रवक्ता राजेशकुमार शर्माले जानकारी दिए । उनका अनुसार दसैँ अवधिमा यात्रुको भीड व्यवस्थापन र यातायातको सहजताका लागि बस सेवा सुरु गरिएको हो ।
मेयर भण्डारीले दसैँपश्चात् दोस्रो चरणमा श्रीनगरदेखि सदरमुकाम खलंगासम्म नियमित नगरबस सेवा सञ्चालन गरिने बताए । “नागरिकलाई सस्तो र सहज यातायात उपलब्ध गराउनु हाम्रो पहिलो कर्तव्य हो,” उनले भने । दसैँ अवधिभर श्रीनगर–खैरावाङ मार्गको न्यूनतम भाडा ५० रुपैयाँ निर्धारण गरिएको छ ।
शारदा नगरपालिकाले आफ्नो आन्तरिक राजस्वबाट बस खरिद गरी ग्रामीण र दुर्गम क्षेत्रका बासिन्दालाई क्रमशः सेवा विस्तार गर्ने योजना अघि सारेको छ । सस्तो र सुविधाजनक यातायात सेवाप्रति स्थानीयवासी उत्साहित देखिएका छन् । सिद्ध कुमाख गाउँपालिकाकी दुर्गा बुढाथोकीले भनिन्, “पहिले मन्दिर पुग्न महँगो भाडा तिर्नुपर्थ्यो, अब ५० रुपैयाँमै सहज पुग्न पाउँदा खुशी लागेको छ ।”
यस्तै, बिहान अटोमा २०० रुपैयाँ तिरेर मन्दिर पुगेकी बागचौर नगरपालिका–१० की करुणा पौडेलले फर्कदा ५० रुपैयाँमै श्रीनगर बजारसम्म आउन पाउँदा ठूलो राहत भएको अनुभव सुनाइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: