Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठक : नीतिनिर्माणमा युवाको सहभागिता सुनिश्चित गर्न जोड

खबरडबली संवाददाता

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घले हालै सम्पन्न एक उच्चस्तरीय बैठकमार्फत विश्वभरिका सरकारलाई युवालाई नीतिनिर्माणको केन्द्रमा राख्न आग्रह गरेको छ । उक्त बैठक विश्व युवा कार्ययोजना (डब्लुपे) को ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित गरिएको हो ।

“विश्व युवा कार्ययोजना ३० वर्षपछि पुस्ताबिचको सहकार्यबाट विश्वव्यापी प्रगति तिव्र पारौँ” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा विभिन्न राष्ट्रका नेता, सरकारी अधिकारी र युवाका प्रतिनिधिले सहभागिता जनाएका थिए । बैठक राष्ट्रसङ्घीय महासभाको ८० औँ अधिवेशन अन्तर्गत न्युयोर्कस्थित मुख्यालयमा सम्पन्न भएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाउनु भएको सन्देशमा आजका युवाले जलवायु संरक्षण, प्रविधिमा नवप्रवर्तन, स्थानीय समाधानको खोज तथा मानवअधिकारको संरक्षणमा अग्रणी भूमिका खेलेको उल्लेख गरिएको थियो । तर, उनले दुः ख व्यक्त गर्दै भने, “युवालाई अझै पनि आफ्नै जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयबाट टाढा राखिने गरिएको छ ।”

युवालाई निर्णय प्रक्रियामा बराबरीको साझेदारको रूपमा स्वीकार गरी, उनीहरूको विचार, ऊर्जा र नेतृत्व क्षमतालाई समुचित सम्मान दिनुपर्ने उनको जोड थियो । युवाको चासो र चुनौतीलाई सम्बोधन गर्नुपर्छ । राष्ट्रसङ्घीय महासभाका अध्यक्ष अनालेना बेयरबकले युवाले आजभोलि भोगिरहेका प्रमुख चुनौती बारेमा गहिरो चिन्ता व्यक्त गरे । 

उनले भने, “जब केही नेता जलवायु संकटलाई अस्वीकार गर्छन्, युवाले नै अग्रसरता लिइरहेका छन् । यस्तो स्थितिमा पुस्ताबिचको ऐक्य र सहकार्य अत्यावश्यक छ ।” संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयले अन्य साझेदार संस्थासँग सहकार्य गर्दै एक वैश्विक रणनीतिक परिकल्पना अभ्यास सञ्चालन गरेको थियो । 

यस अभ्यासमा १८२ देशका करिब ७५ हजार युवाले भाग लिएर आफ्ना अनुभव, चुनौती र आकांक्षा प्रस्तुत गरेका थिए । युवा मामिलाका सहायक महासचिव फेलिपे पौलियरले भने, “विश्वभर १५ देखि ३५ वर्ष उमेर समूहमा रहेका २ अर्ब ३० करोडभन्दा बढी युवाले हाम्रो भविष्य निर्माणमा बराबरीको भूमिका पाउनुपर्छ ।” रासस/सिन्ह्वा 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending