मुस्ताङ । उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनामार्फत ठेक्का सम्झौता भएको मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा निर्माणाधीन पक्की पुल अलपत्र परेको छ ।
यहाँको घमी खोलामा निर्माणाधीन पुल ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन् । विसं २०७५ पुस १६ गते रु छ करोड ८० लाख लागतमा निर्माण कम्पनी हिमढुङ ठोक्कर एण्ड इमोटल जेभीले आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । तीन वर्ष सुरुआती ठेक्का सम्झौता भएको यहाँको घमी खोला पुल २०७८ साल पुस ९ गते सम्पन्न भइसक्नुपर्ने थियो । तर, निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण यहाँको पुल सम्पन्न हुन नसकी पटकपटक म्याद थप हुँदै आइरहेको छ ।
एक स्पान मात्रै रहेको यहाँको घमी खोला पुलको लम्बाइ ४० मिटर र फुटपाथ र नालीसहित ११ मिटर चौडा हुनेगरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । यहाँको पुल निर्माणलाई पूर्णता दिन आयोजनाले निर्माण कम्पनीलाई यसअघि पटकपटक ताकेता गरेको भए पनि निर्माण कम्पनीले पुल निर्माणमा अग्रसरता नदिँदा यहाँको पुल अलपत्र पर्दै आइरहेको थियो । यहाँ २०७९ साल निर्माण कम्पनीले ठेक्का मोबिलाइजेसनवापत लिएको रु ७० लाख ५० हजार आयोजनालाई फिर्ता लिएको थियो । यहाँ प्रतिकूल मौसम र हिमपातका कारण काम हुन नसकेको जनाउँदै निर्माण कम्पनीले पुलको सम्पन्न अवधि थप गर्दै आइरहेको थियो ।
पछिल्लो समय गत वैशाखमा निर्माण कम्पनीले पुल निर्माणका लागि केही काम अघि बढाएको भए पनि त्यसयताको समयमा कुनै काम अघि बढ्न नसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।
उनले बहुचर्चित उत्तरी कोरलानाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको अवस्था रहँदासमेत हालसम्म पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको बताए । निर्माण कम्पनीले चासो दिएर काम अघि बढाएमा दुई महिनाभित्रै पुल सम्पन्न हुने अध्यक्ष विष्टको भनाइ छ ।
कोरलानाका जोड्ने मुस्ताङको घमी खोला पुलको पछिल्लो भौतिक प्रगति ७५ प्रतिशत पुगेको आयोजनाका सूचना अधिकारी बाबुसाहेवकुमार बैठाले जानकारी दिए । पुलको दायाँबायाँ फाउन्डेसन ढलानसहित पुल ढलानका लागि सटिङको काम सकिएको आयोजनाका सूचना अधिकारी बैठाले उल्लेख गरे ।
यहाँको घमी खोला पुलको पछिल्लो थप भएको म्यादसमेत सकिएर निर्माण कम्पनीलाई ठेक्का सम्झौता लागतको दैनिक ९०.०५० प्रतिशत हुनेगरी २०० दिनको म्याद दिइएको सूचना अधिकारी बैठाको भनाइ छ । जरिवाना रकम तोकिएको म्यादभित्र पनि निर्माण कम्पनीले पुलको काम अघि नबढाएमा ठेक्का धरौटी तानेर ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइने उनले बताए ।
यहाँको जोमसोम–कोरला सडकमार्गमा पर्ने अधिकाश शाखा नदीमा पक्की पुल निर्माण भइसकेको भए पनि घमी खोला पुल निर्माण पूरा नहुँदा यसपटक उपल्लो मुस्ताङको कोरला नाका पुगेर मालवस्तु ढुवानी गर्ने कन्टेनर र विद्युतीय सवारीलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: