Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

मधेश सरकारबाट कांग्रेस बाहिरियाे

खबरडबली संवाददाता

जनकपुरधाम । नेपाली कांग्रेस मधेशले जनमत पार्टी नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार जनकपुरधाममा बसेको कांग्रेस मधेश प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गर्दै आजकै मितिबाट समर्थन फिर्ता लिने र सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकमा उपस्थित प्रदेशसभा सदस्यहरूले जनमत पार्टीले मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीहरू फिर्ता बोलाइसकेकाले कांग्रेसले समर्थन जारी राख्न औचित्य नभएको निष्कर्ष निकालेका थिए । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको अवस्थामा नेपाली कांग्रेसले समर्थन दिइरहनुपर्ने कुनै औचित्य छैन । त्यसैले आजकै मितिबाट समर्थन फिर्ता लिइएको छ ।”

जनमत पार्टीले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले पनि आजदेखि आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको कांग्रेस मधेशका महामन्त्री बृहस्पति श्रेष्ठले जानकारी दिए । 

यस्तै, कांग्रेस मधेशका सभापति कृष्णप्रसाद यादवले पार्टीले व्यक्तिलाई नभई संस्थालाई समर्थन गर्ने परम्परा रहेको बताउँदै मंगलबार बसेको प्रदेशसभा बैठकमा जनमत पार्टीका सबै सदस्य (मुख्यमन्त्री बाहेक) प्रतिपक्षको बेन्चमा बसेपछि कांग्रेसले पनि समर्थन फिर्ता लिन विवश भएको स्पष्ट पारे । 

“मुख्यमन्त्रीलाई राजीनामा दिन हामीले माग गरेका थिएनौँ, उहाँले आफैं राजीनामा दिनुभयो । उहाँको पार्टीले समेत मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि हामीले पनि संस्थागत औचित्यका आधारमा समर्थन फिर्ता लिएका हौं,” सभापति यादवले भने । 

यादवका अनुसार, जनमत पार्टीका सबै सदस्य प्रतिपक्षी बेन्चमा गएर बसेपछि कांग्रेसले पनि समर्थन जारी राख्न औचित्य नदेखेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE