Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

आँखाको ज्योति फर्किएपछि चन्द्रावतीले भनिन-अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’

खबरडबली संवाददाता

काठमाडौँ । दुवै आँखामा मोतियाबिन्दुको कारण कैलालीको जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन् ।

दुई वर्ष अघिसम्म उनले दुवै आँखाको दृष्टि गुमाएकी थिइन् । उनले भनिन्, “मेरो आँखामा दृष्टि नहुँदा आफन्त, परिवार र वरिपरिको परिवेश मात्र होइन, आफ्नो जीवन नै अन्धकारमय बनेको थियो ।”

चरम गरिबी र मोतियाबिन्दुको शल्यक्रिया पछि दृष्टि फर्किन्छ भन्ने  चेतनाका अभावमा चन्द्रावती अन्धकारमा जीवन बिताउन विवश थिइन्  । दिनहुँका दैनिकी समेत अन्यका सहारा लिनुपर्दा उनले आफैँले आफैलाई एक्लो पाउँथिन् । दृष्टि गुमेपछिको पीडा सुनाउँदै उनले भनिन्,“दृष्टि नभएको मानिसको पीडा कस्तो हुन्छ भन्ने त केवल अनुभूतिले मात्र थाहा हुन्छ, यसलाई कसरी शब्दमा व्यक्त गर्न सक्दिन । असहाय महसुस गरेर समय काट्दथे ।”

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा गत भदौ ३१ गते चन्द्रावतीलाई आँखा परीक्षण गर्न ल्याइयो । अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा देवराज भारतीले मोतियाबिन्दुको शल्यक्रिया तत्काल गर्न सुझाव दिँदै उहाँले एकै पटक दुवै आँखाको शल्यक्रिया समेत गरे । 

गुमेको ज्योति पुनः फर्किएपछि चन्द्रावतीले खुसी हुँदै भनिन्,“जीवनमा नयाँ आत्मविश्वास पलाएको  छ । ज्योति फर्किन्छ भन्ने कल्पनासम्म गरेको थिइन । जीवनमा नयाँ बिहान आएको छ । मलाई लाग्थ्यो अब संसार कहिल्यै देख्न पाउने छैन, आज फेरि सबै देख्न पाउँदा जीवन नयाँ बनेको छ । अब म आफ्नो परिवारको अनुहार स्पष्ट देख्न सक्छु, काम गर्न सक्छु, संसारसँग छामेर होइन, हेरेरसँग  आफैँ जुध्न सक्छु ।”

आर्थिक अवस्था अत्यन्त कमजोर भएकी चन्द्रावतीको मोतियाबिन्दुको शल्यक्रिया अस्पतालले निःशुल्क गरेको थियो ।

उनले भनिन्,“अस्पतालसम्म मलाई ल्याउने र मेरो उपचार गर्ने चिकित्सक भगवान्सरह हुनुहुन्छ ।  यस्तो सहयोग मैले कहिल्यै बिर्सन सक्दिन ।” 

फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जका सामुदायिक कार्यक्रम अधिकृत उमेर अहमद सादिकले भने,“ यस्तो पुनर्स्थापना सम्भव भएको उपचारको पहुँच र सामुदायिक सहकार्यबाट भएको हो । चन्द्रावती जस्ता बिरामी आज पनि आर्थिक अभाव र जनचेतनाका कमीका कारण गाउँघरमै दृष्टिविहीन भएर बसिरहेका छन् ।  आँखा शिविरले उहाँहरूको जीवनमा पुनः उज्यालो ल्याउने काम गर्छन् ।” 

अस्पतालका प्रबन्ध निर्देशक चिकित्सक कौशलकुमार बर्माका अनुसार अस्पतालले विभिन्न स्थानीय सरकार एवं दातृ निकायहरूसँगको सहकार्यमा मोतियाबिन्दु शिविरहरू सञ्चालन गर्दै आइरहेको छ ।

उनले भने,“यसका कारण बिरामीहरूको आँखाको दृष्टि पुनः फर्किएको छ । चन्द्रावती एउटा पात्र मात्र हुनुहुन्छ । जहाँ उपचारको पहुँच र विभिन्न निकायसँगको सहकार्य उपचारबाट वञ्चितको जीवनको अन्धकारलाई उज्यालोमा परिवर्तन गर्न सकिन्छ ।”

स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा नेपाल नेत्रज्योति सङ्घको २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ ।

यस्तै ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending