Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कञ्चनपुरमा चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन

खबरडबली संवाददाता

कञ्चनपुर । चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कञ्चनपुरको कुण्डा सब–डिभिजन वन कार्यालयअन्तर्गत द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको छ ।

वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार टोली गठनको मुख्य उद्देश्य वन्यजन्तुको उद्धार, वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण, वन क्षेत्रको नियमित गस्ती, वन पैदावार चोरी निकासी रोकथाम र वन संरक्षणलाई प्रभावकारी बनाउनु रहेको छ । 

चाडपर्वका बेला सामुदायिक वनका उपभोक्ता चाडपर्व मनाउने कार्यमा व्यस्त हुने भएकाले वन क्षेत्रमा चोरी–तस्करी र सिकारीजस्ता गतिविधि बढ्ने सम्भावना उच्च हुने भएकाले प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको कार्यालय प्रमुख यादवले बताए ।

टोलीमा आठ वटै सामुदायिक वनका पदाधिकारी तथा वन कार्यालयका कर्मचारी गरी १५ सदस्य सहभागी छन् । टोलीले दसैँ, तिहार, छठलगायत पर्वमा चौबिसै घण्टा सक्रिय रूपमा वन क्षेत्रमा गस्तीको कार्यलाई निरन्तरता दिनेछन् । 

“सामुदायिक वनका पदाधिकारी, कर्मचारी र सुरक्षाकर्मीबिच घनिष्ठ सहकार्य गरेर यसपालिको चाडपर्वमा वन क्षेत्र सुरक्षित गर्ने लक्ष्य राखिएको छ,” यादवले भने, “बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका आठ सामुदायिक वनमा टोली परिचालन गरिएको छ ।”

वन्यजन्तुको उद्धार, वन पैदावार र वन्यजन्तुको चोरी–सिकारी रोकथामका लागि जानकारी दिनका लागि कार्यालयको मोबाइल नं २४ घण्टा खुला राखिने व्यवस्था मिलाइएको उनले बताए । 

“प्राप्त सूचनाका आधारमा टोली तत्काल (रात, दिनमा चौबिसै घण्टा) घटनास्थलमा परिचालन हुनेछ,” उनले भने, “टोलीका सदस्यले स्थानीय प्रहरी र समुदायसँग समन्वय गर्नेछन् ।” 

यादवका अनुसार भारतसँगको सीमा नजिक भएकाले बेलौरी र पुनर्वास क्षेत्र अझ संवेदनशील मानिन्छ । यस कारण सीमापारि हुने अवैध गतिविधि रोक्न पनि टोलीलाई सक्रिय बनाइएको उनको भनाइ रहेको छ ।

“दुवै नगरपालिकामा हिंस्रक जनावर चितुवा, पाटेबाघ बेलाबेलामा देखापर्ने गरेका छन्, ती जनावरले स्थानीय बासिन्दालाई आक्रमण गरी घाइते बनाउने, घरपालुवा जनावरमा क्षति पुर्‍याउने समस्या रहेको छ”, उनले भने, “जङ्गली हात्तीको समस्या पनि उत्तिकै छ, मानव बस्तीमा अजिङ्गर पनि देखापर्ने गर्दछ । यी समस्या नियन्त्रण गर्न र घाइते जनावरको उद्धारमा सहयोग पुर्याउन टोलीले मद्दत पुर्‍याउने छ ।”

सामुदायिक वन उपभोक्ताहरूसँग बसेर छलफल गरी रणनीति बनाएर टोली औपचारिक रूपमा परिचालन गरिएको उनले जानकारी दिए ।

स्थानीय उपभोक्ता समितिहरूले यस कार्यको स्वागत गरेका छन् । उपभोक्ता समितिका पदाधिकारीहरूले द्रुत प्रतिकार्य टोलीको सक्रियताले वन्यजन्तु संरक्षण र वन पैदावार चोरी–तस्करी नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending