Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

मन्त्री बनेका पुन, खरेल, सिन्हा र परियार काे हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । अन्तरिम सरकारका चार नयाँ मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधारमन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधिमन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियार नियुक्त भएका छन्। यो नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् सात सदस्यीय भएको छ।

यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक योजना तथा निर्माण र सहरी विकासमन्त्रीमा कुलमान घिसिङ नियुक्त भइसकेका छन्। स्वास्थ्य मन्त्रीमा प्रस्तावित डा. संगीता कौशल मिश्राको नियुक्ति भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका कारण रोकेको छ।

मन्त्रीहरूको संक्षिप्त परिचय
महावीर पुन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री
म्याग्दीको नाङी गाउँमा जन्मिएका पुनले १२ वर्ष शिक्षकको रूपमा काम गरे। अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक गरेका उनले १९९२ मा नेपाल फर्केर गाउँमा शिक्षा र प्रविधिको पहुँच विस्तार गरे। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष पुनले २००७ मा रामोन म्याग्सेसे पुरस्कार र २०७९ मा नेपाल सरकारको भवन कीर्ति रत्न पुरस्कार प्राप्त गरेका छन्। उनको आत्मकथा ‘महावीर पुन’ प्रकाशित छ।

अनिलकुमार सिन्हा, उद्योग तथा भूमिसुधारमन्त्री
सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हाले २०८० मा अवकाश पाएका थिए। कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिलका रूपमा चिनिने उनले सात वर्षसम्म सर्वोच्चमा संवैधानिक फैसलाहरू गरे। केपी ओली सरकारको संसद विघटनविरुद्ध र लोकमानसिंह कार्कीको अख्तियार नियुक्ति विवादमा उनको राय महत्त्वपूर्ण थियो।

जगदीश खरेल, सञ्चार, सूचना तथा प्रविधिमन्त्री
दोलखाका खरेल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। इमेज टिभीमा समाचार प्रमुख रहेका उनले ‘हट सिट’ कार्यक्रम सञ्चालन गर्छन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका खरेल अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्यावारिधि गर्दैछन्।

डा. मदन परियार, कृषिमन्त्री
समता फाउन्डेसनका अध्यक्ष डा. परियार जलवायु र कृषिविज्ञ हुन्। सप्तरीका उनले संविधानसभाको राज्य पुनर्संरचना आयोगको संयोजकको भूमिका निर्वाह गरेका थिए। दलित समुदायबाट पिएचडी गर्ने पहिलो व्यक्ति परियारले उदयपुर सिमेन्ट र वीरगन्ज कृषि औजार कारखानाको महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए। उनको फाउन्डेसन जातीय भेदभावमुक्त समाज र अल्पसंख्यक अधिकारका लागि सक्रिय छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव...

नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत सिधनिया घाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

बाँके । नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ । करिब ११ मिटर ...

प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ३० हजार म्यादी प्रहरी भर्ना खुल्ने

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्ष...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार पुस २३ गते उम्मेदवारी दर्ता गर्ने प्रक्रिया ...

सीआईबीद्वारा नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रस्टका नाममा दर्ता जग्गा भाडामा दिने प्रक्रियामा अनियमितता भएको आरोपमा पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् ।  प्रहरी केन्द्...

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्...

हात्तीको बथान झापा प्रवेश गरेपछि सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ ...

कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने ४४ वर्षीय आनन्दकुमार साह पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्...

ठूला ढुंगाहरू खसेर कर्णाली करिडोरमा सडक अवरुद्ध

हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्न ज्ञाने ओढार ढुंगा चर्किएर खस्दा सडक अवरुद्ध भएको छ ।  सर्केगाड गाउँपालिका–१ को ज्ञाने ओढारको ढुंगा चर्किएर खस...

सिन्धुलीमा कम्युनिष्ट पार्टीप्रतिको युवा आकर्षण बढ्दै

सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका जिल्ला अध्यक्ष दीपक कार्की लगायत दर्जनौं युवाहरूले नेपाली कम्युनिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending