Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

कर्णालीमा खसेको गाडी अझै बेपत्ता, पाँच यात्रुको खोजीमा ड्रोन र गोताखोर परिचालन

खबरडबली संवाददाता

दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी र बेपत्ता यात्रुको अवस्था खुल्न सकेको छैन। खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, गोताखोर र स्थानीयवासी परिचालित छन्।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली राजमार्गबाट करिब ५०० मिटर तल नदीमा गाडी खसेको थियो।

प्रहरीका अनुसार गाडीमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुबेदी र रामप्रसाद सुबेदी, कालिकोट रास्कोट नगरपालिका–२ की सिर्जना खड्का तथा पचालझरना गाउँपालिकाका मेगे तिरुवा र जोखे तिरुवा सवार थिए। जोखे तिरुवाको शव दुर्घटनाकै दिन फेला परे पनि अन्य चार जनाको अवस्था अझै अज्ञात छ। गाडीमा थप यात्रु पनि हुन सक्ने आशंका गरिए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन।

इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक सरोज कडेलको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नदी र दुर्घटनास्थल वरपर खोजी कार्य जारी राखेको छ। सशस्त्र प्रहरीका छ जना गोताखोर नदीभित्र खोजीमा खटिएका छन् भने जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पनि नदीको बहावअनुसार सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ।

कर्णाली नदीको तीव्र बहाव, गहिराइ र धमिलो पानीका कारण उद्धार तथा खोजी कार्य निकै चुनौतीपूर्ण बनेको छ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले खोजीलाई प्रभावकारी बनाउन नेपाली सेनामार्फत ड्रोन परिचालन गरिएको र थप ड्रोन उपलब्ध गराइदिन गृह मन्त्रालयसँग अनुरोध गरिएको जानकारी दिए। उनका अनुसार गाडी खसेको स्थानमा नदीको बहाव अत्यधिक भएकाले दैलेखतर्फबाट पुग्न कठिन भएको छ। अछामतर्फबाट समेत प्रयास गरिए पनि नदीको तीव्र बहावका कारण घटनास्थलसम्म पुग्न नसकिएको उनले बताए।

दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव दुल्लु अस्पतालमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेको फोर्स गाडी बुलबुले यातायात प्रालिको हो। प्रारम्भिक अनुसन्धानमा गाडी अनियन्त्रित भएर कर्णाली राजमार्गबाट करिब ५०० मिटर तल नदीमा खसेको देखिए पनि दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा खसेको गाडी अझै बेपत्ता, पाँच यात्रुको खोजीमा ड्रोन र गोताखोर परिचालन

दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी...

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय ...

ब्लु बसको कार्यविधिमा ट्रान्सजेन्डर यात्रुको व्यवस्था समेटिने

काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने ...

विद्यालयलाई राजनीतिक कब्जाबाट मुक्त गर्नुपर्छ’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयो...

सप्तरी कारागार ड्युटीमा रहेका प्रहरीलाई गोली लाग्यो, सहकर्मी नियन्त्रणमा

जनकपुरधाम  । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्...

त्रिभुवन विश्वविद्यालय लगायतका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, को कहाँ ?

काठमाडौं । कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्याल...

प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार ठगी

काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ ...

उद्घाटन–शिलान्यास बन्ददेखि डिजिटल सेवासम्म : बालेन सरकारका १०० दिन, के गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...

टिकटकदेखि विवाहेत्तर सम्बन्धसम्म : नेपाली सेनाकी सुवेदार श्रीमती हत्यामा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध अभियोग

काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही, ११ जिल्लामा सात लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending