Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

जेन–जी आन्दोलनः सम्झौताको नाममा गुमेको सपना

गुमनाम गाउँले
गुमनाम गाउँले

सेप्टेम्बरको सुरुवातमैे  राजधानीको सडकमा असाधारण दृश्य देखियो । सामाजिक सञ्जाल बन्द भएको विरोधमा सुरुआत गरिएको सानो जमघट केही दिनमै मुलुककै राजनीतिक शक्तिलाई चुनौती दिने आँधीझैं फैलियो।

यो आँधीलाई इतिहासले “जेन–जी आन्दोलन” भनेर नाम दियो । युवाहरूको विद्रोह, जसले भ्रष्टाचार, अस्थिरता र पुरानो राजनीति विरुद्ध साहसिक आवाज उठायो। तर, आज त्यो विद्रोहलाई फर्केर हेर्दा प्रश्न उब्जिन्छ सपना किन अधुरो रह्यो ?

भ्रष्टाचार र असक्षम सरकारप्रति आक्रोशले युवाहरू सडकमा उत्रिए । “प्रत्यक्ष कार्यकारी” प्रणालीको माग, सुशासनको चाहना र पारदर्शी शासनको प्रतिज्ञा यी सब उनीहरूको स्वरमा मिसिएका थिए।

कांग्रेस–एमाले नेताहरूले यसलाई “केटाकेटीको लहड” भनेर बेवास्ता गरे पनि आन्दोलन बढ्दै गयो । संसद् भवन अगाडि १९ जना विद्यार्थी र युवाले गोली खाएपछि त आन्दोलनको ताप पुरै मुलुकमा फैलियो। रगतले भिजेको सडकले पुरानो राजनीतिक संरचनामा कम्पन ल्याइदियो।

आएकाे अवसर  हातबाट चिप्लियो

आन्दोलनले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी प्रणाली ल्याउने सम्भावना जगायो। आशा पलायो कि– अब चुनाव नयाँ ढंगले हुनेछ, मुलुक स्थायी सरकार र सुशासनतर्फ अघि बढ्नेछ। तर, घटनाक्रम अचानक मोडियो।

राष्ट्रपतिबाट असंवैधानिक शैलीमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन् । युवाले “आफ्नो पक्षको मान्छे” प्रधानमन्त्री पाएर खुसी भए पनि, यस प्रक्रियाले आन्दोलनलाई संवैधानिक विवादमा फसाइदियो। कहिले काँही विजयजस्तो देखिने क्षण वास्तवमा पराजयको सुरुवात भयाे ।

आन्दोलनको गल्ती

जेन–जीको साहस र आक्रोश प्रभावशाली थियो । तर उनीहरूले एउटा आधारभूत गल्ती गरे आन्दोलनलाई संरचनागत रूपमा संस्थागत गर्न सकेनन्। न नेतृत्व स्पष्ट थियो, न संगठन ।
मुद्दा त शक्तिशाली थियो, तर त्यसलाई संविधान र संस्थामा लेखाउने प्रक्रियामा ठोस योजना थिएन।  उत्साह मात्रैले इतिहास बदल्दैन, त्यसलाई दिशामा लैजाने संयम र रणनीति पनि चाहिन्छ।

मनोवैज्ञानिक जितमा प्रणालीगत हार

विद्रोहको असर नराम्ररी भ्रष्टाचारीहरूको मनमा पुगेको थियो। धेरैलाई अब यस्ता काम गर्न मिल्दैन भन्ने डर बस्यो। तर, प्रणाली भने फेरिएन।

राजनीतिक दलहरू फेरि पुरानै संसदीय गोलचक्करमा फर्किए। अनि, जेन–जी आन्दोलनले दिएको बलिदान—गोली खाएको रगत, जलेको पसल, लुटिएका पसिना—सबै केवल इतिहासका पानामा मात्र सीमित हुने खतरा बढ्दै गएकाे छ ।

के हाेला अबको बाटो ?

जेन–जी आन्दोलनले एउटा कुरा प्रष्ट गरिदियो—नेपालको युवा पुस्ता केवल “फेसबुक स्टाटस”मा मात्र छैन, सडकमा जान र आफ्नो जीवनसमेत दिने हिम्मत उनीहरूसँग छ।
तर, यो पुस्ताले अब बुझ्नुपर्ने कुरा के हो भने स्थायी परिवर्तनका लागि भावनात्मक उभार मात्रै पर्याप्त हुँदैन।

आन्दोलनलाई संस्थागत गर्दै संविधान र संरचनामा लेख्ने कला सिक्नुपर्छ। यदि त्यो सिकाइ भयो भने मात्र, सेप्टेम्बरको रगतले साँचो अर्थमा भविष्यको बाटो कोर्नेछ। नत्र, यो आन्दोलन पनि ०६२/६३ पछि भएका अरू विद्रोहझैं, अधूरा सपनाको सूचिमा सीमित हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending