काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु भएको करिब ८० महिनापछि सुरुङमार्ग उद्घाटन हुन लागेको हो।
नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार आज आयोजित विशेष कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम छ।
यद्यपि उद्घाटनसँगै सबै सवारीसाधन सञ्चालनमा आउने छैनन्। आयोजना प्रमुखका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल सञ्चालन) राखेर प्रणालीको परीक्षण गरिने र त्यसपछि क्रमशः अन्य सवारीसाधनका लागि पनि खुला गरिनेछ।
जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसन ले निर्माण सम्पन्न गरी आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न कारणले आयोजना पूरा हुन झन्डै दोब्बर समय लागेको हो।
आयोजनाको कुल लागत करिब २५ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये निर्माणमा १७ अर्ब, मूल्यवृद्धि तथा विनिमय दरका कारण २ अर्ब र जग्गा अधिग्रहण तथा मुआब्जामा ६ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। परियोजनामा १९ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋण रहेको छ।
नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ भने आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटर लामो छुट्टै सुरुङ पनि निर्माण गरिएको छ। परियोजनाका लागि करिब ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।
सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म सेवा शुल्क लिने निर्णय यसअघि नै गरिसकेको छ।
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको आवागमन थप सुरक्षित, छिटो र सहज हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: