Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

खबरडबली संवाददाता

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दलका शीर्ष नेताहरू भने तत्काल एकताभन्दा सहकार्यलाई सफल बनाउने पक्षमा देखिएका छन्।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको तीनबुँदे सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। अन्य प्रदेशमा पनि आवश्यकताअनुसार सहकार्य अघि बढाउने समझदारी छ।

सहमतिपछि पार्टी एकताको चर्चा चुलिए पनि दुवै पक्षका नेताहरू विगतको अनुभव दोहोरिन नदिन सावधानी अपनाउनुपर्ने निष्कर्षमा पुगेका छन्। सहमतिका साक्षी रहेका नेकपाका नेता महेन्द्र शाहीका अनुसार ओलीले प्रचण्डसँग "अहिल्यै एकतामा हतार गर्दा कुरा बिग्रिन सक्छ, पहिले सहकार्यलाई सफल बनाऔँ" भन्ने धारणा राखेका थिए।

शाहीका अनुसार अहिलेको समझदारी दुवै दलका लागि विश्वासको परीक्षा हो। प्रदेश सरकार सञ्चालनमा सहमति इमानदारीपूर्वक कार्यान्वयन हुन सके भविष्यमा पार्टी एकतासम्म पुग्ने आधार तयार हुन सक्ने उनको भनाइ छ।

एमाले उपमहासचिव लेखराज भट्टले भने हालको सहमतिलाई केवल सत्ता सहकार्य का रूपमा बुझ्नुपर्ने बताए। उनका अनुसार विचार, सिद्धान्त र कार्यदिशामा स्पष्ट सहमति नभएसम्म पार्टी एकता सम्भव छैन। विगतमा भएका कमजोरीको गम्भीर समीक्षा गरेर मात्रै एकताबारे सोच्नुपर्ने उनको धारणा छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले पनि तीनबुँदे सहमति पहिलो चरणको विश्वास निर्माण प्रक्रिया भएको बताए। प्रदेश सरकारमा सहकार्य सफल भई आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनसम्म सहकार्य कायम रहन सके त्यसले भविष्यको राजनीतिक यात्राका लागि थप आधार तयार गर्ने उनको भनाइ छ।

एमाले र नेकपाबीच यसअघि पनि पार्टी एकता भएर विभाजनको अनुभव भइसकेकाले अहिले दुवै पक्ष तत्काल एकताभन्दा सहकार्यलाई सफल बनाउने रणनीतिमा केन्द्रित देखिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाेखरा बसपार्कको सुकुमबासी मुद्दामा मेयर–सांसदबीच जुहारी

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...

१० वर्ष बित्दा पनि बनेन रसुवागढीको एकीकृत भन्सार भवन, अन्तिम चेतावनीपछि ठेक्का तोड्ने तयारी

रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...

देवानगञ्ज घटनाको प्रभाव विराटनगरसम्म: सुरक्षा चिन्ताले विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...

देवानगञ्ज घटनामा बाबुरामको चिन्ता: देशलाई अस्थिरताको भूमरीमा फस्न नदिन संयम अपनाऔँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending