काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदानको अधिकार दिलाउन कानुन संशोधनको तयारी गरेको छ । सर्वोच्च अदालतले २०७४ चैत ७ गते विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन आदेश दिए पनि हालसम्म कार्यान्वयन भएको छैन । जेनजी युवा आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ताजा जनादेशका लागि फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
गृहमन्त्री तथा कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका ओमप्रकाश अर्यालले आज निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलपछि भने, “अध्यादेशमार्फत भए पनि कानुन संशोधन गरेर विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउने र उमेर पुगे पनि मतदाता नामावलीमा नाम नपुगेका युवालाई समेट्ने तयारी छ ।”
अर्यालका अनुसार विदेशमा रहेका नेपालीका लागि मतदान केन्द्र नै स्थापना गर्ने वा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ । उनले भने, “सवै नेपाली नेपाल आउन सक्दैनन् । त्यसैले विदेशमै मतदान केन्द्र स्थापना गरेर समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन सक्ने वातावरण बनाउन कानुन संशोधन आवश्यक छ ।”
उनले मतदानको पूर्ण सम्भावना नभएका मुलुकमा राजदूतावासमार्फत डिजिटल प्रविधिको प्रयोग गर्ने उपाय पनि प्रस्ताव गरे । “राज्यले प्रविधिको प्रयोग गरेर युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउनुपर्छ,” उनले भने ।
त्यस्तै, उमेर पुगे पनि मतदाता नामावलीमा नाम नपुगेका युवालाई सहभागी गराउन मतदाता नामावली अद्यावधिक गर्ने गरी कानुन सुधार गर्ने पनि तयारी छ । अर्यालले भने, “अध्यादेशबाट भए पनि सबैलाई अवसर प्रदान गर्नुपर्छ ।”
यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गर्न सकिने तर कानुनमा केही संशोधन आवश्यक पर्ने बताएका थिए । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आयोगले निर्वाचन तयारी सुरु गरिसकेको छ र मौजुदा कानुनअनुसारै तयारी भइरहेको छ । सरकारको परामर्शमा सम्भाव्य विकल्प आएमा आयोगले कार्यान्वयन गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: