Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कैलालीमा आगजनी : करिब दुई लाख थान राष्ट्रिय परिचयपत्र जलेर नष्ट

खबरडबली संवाददाता

कैलाली । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीमा आगजनी हुँदा करिब दुई लाख थान राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएका छन् ।

प्रशासनिक अधिकृत शिवराज जोशीका अनुसार केन्द्रबाट छापिएका करिब दुई लाख थान राष्ट्रिय परिचयपत्र र करिब पाँच हजार थान राहदानी जलेका छन् । तीमध्ये करिब एक लाख ६० हजार थान परिचयपत्र स्थानीय तह तथा वडा कार्यालयमार्फत वितरणका लागि राखिएका थिए भने करिब ४० हजार थान जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्नुपर्ने थियो ।

आगजनीका कारण जिल्ला प्रशासन कार्यालयको पुरानो र नयाँ दुवै भवनमा ठूलो क्षति पुगेको छ । राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी सम्पूर्ण अभिलेख, तथ्यांक र प्रणाली नष्ट भएपछि यी सेवा पूर्णरूपमा अवरुद्ध भएका छन् । राष्ट्रिय परिचयपत्र सेवा सञ्चालनमा रहेको पुरानो भवन पूर्ण रूपमा ध्वस्त भएको छ भने नयाँ भवनमा समेत ठूलो क्षति पुगेको छ ।

महत्वपूर्ण अभिलेख तथा कागजातहरूसँगै कम्प्युटर, प्रिन्टरलगायतका उपकरण पनि जलेका छन् । विभिन्न निकायको सहयोगमा प्राप्त कम्प्युटर र प्रिन्टरको सहायताले नागरिकता सेवा आइतबारदेखि आंशिक रूपमा सुरु गरिएको प्रशासनले जनाएको छ । तर राष्ट्रिय परिचयपत्र र राहदानी सेवाहरू तत्काल पुनः सञ्चालन गर्न सकिने अवस्था छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार जिल्लाभरि सरकारी तथा पार्टी कार्यालय, व्यक्तिगत घरसहित कम्तीमा १३७ वटा भवनमा आगजनी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । उनले सामाजिक संस्था र स्थानीय समुदायसँग समन्वय गरी आवश्यक सेवा प्रवाह सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको ...

‘सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित’

काठमाडौँ । एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ । नेपाली समाजको छायाँमा रहेर बाँ...

उदयपुरमा नालीमा डुबेर दुई वर्षे एक नाबलककाे मृत्यु

उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका-३ मा घर छेउकाे नालीमा डुबेर दुई वर्षकाे एक नाबलककाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्पेक्ट...

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

जर्मनी । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पा...

थाइल्यान्ड-क्याम्बोडियाबिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

बैंकक । थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending