बाजुरा । सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न र गुणस्तरीय बसपार्क नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । बसपार्क निर्माण नहुँदा सडकको छेउमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता छ ।
सडकको जताततै गाडी पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने जथाभावी पार्किङले सदरमुकामको अवस्था पनि नराम्रो देखिने गरेको छ । सडक कालोपत्रे भएर मार्तडीसम्म गाडी गुड्न थालेको लामो समय बितिसक्दा पनि उचित किसिमको बसपार्क निर्माण हुन नसक्दा सडकलाई नै बसपार्कको रुपमा लिनुपर्ने बाध्यता रहेको हो ।
पाल्तमा निर्माण गरिएको बसपार्कमा सबै गाडीहरु नअटाउने भएकाले अहिले मार्तडीमा गाडीहरु सडकको छैउमै राखिदै आएको छ । साँफे–मार्तडी राजमार्गअन्तर्गत बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएपनि अहिलेसम्म बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गरिदै आएको पवनदूत मार्तडी काउन्टर इन्चार्ज सन्तोष डँडालले बताए ।
सदरमुकामको तालीबाट, नेपाल टेलिकमदेखि तुफानडाँडा हुदै दुनिहाट बजारसम्म बस पार्ककै रुपमा सवारी साधान पार्किङ गर्ने गरिएको छ । काठमाडौँ, नेपालगञ्ज, महेन्द्रनगर धनगढी, अत्तरियाबाट आउने सवारीसाधन सडकको छेउमै राख्नुपर्ने बाध्यता जस्ताको त्यस्तै रहेको छ ।
मार्तडीमा विगत एघार वर्षदेखि यहाँ आउने सानाठूला सबै सवारी साधानलाई दैनिक पार्किङ्ग गर्न समस्या हुँदै आएको छ । अब्यबस्थित गाडी पार्किङले समस्या उत्पन्न भएकोले प्रशासनले एक बर्ष अघि पानीपातल बाहेक अन्य सदरमुकाकको कुनैपनि ठाँउमा गाडीहरु पार्किङ गर्न नपाइने निर्णय गरेको थियो तर उक्त निर्णय कागजको पानामा सिमित बनेको छ ।
पाल्तमा अघिल्लो नगर सरकारले करिब ६० लाख बढी खर्च गरेर बसपार्क निर्माण गरेको थियो । अघिल्लो नगर सरकारको पहलकदमी बाट बसपार्क निमार्ण भए पनि त्यहाँ सबै गाडी नअट्ने भएकाले गाडी पार्किङ्को लागि बाउलीमा बसपार्क निर्माण गर्ने पहल भइरहेको बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
ठूला सवारी साधनका लागि जमिन खरिद गरेर स्थायी रूपमा बाउलीमा बसपार्कको निर्माण गर्ने कार्य भइरहेको खड्काले बताए । बाउलीमा निर्माण हुने भनिए पनि बन्ने कुनै सुरसार भने देखिदैन् । सदरमुकाममा २०७० सालबाट बस सेवा सुचारु भएपनि अहिलेसम्म बसपार्क बन्न सकेको छैन् ।
जसले गर्दा दैनिक गाडी पार्किङ्कको लागि समस्या हुँदै आएको छ । ब्यबस्थित गाडी पार्किङको लागी बसपार्क नहुँदा अहिले दुर्घटनाको जोखिम समेत बढेको जिल्ला ट्राफिक कार्यालय बाजुराले जनाएको छ । ल्लामा ब्यवस्थित बसपार्क निर्माण नहुँदासम्म यो समस्या यथावत रहने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख (डिएसपी) ईकवाल हवारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: