बाजुरा । सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न र गुणस्तरीय बसपार्क नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । बसपार्क निर्माण नहुँदा सडकको छेउमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता छ ।
सडकको जताततै गाडी पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने जथाभावी पार्किङले सदरमुकामको अवस्था पनि नराम्रो देखिने गरेको छ । सडक कालोपत्रे भएर मार्तडीसम्म गाडी गुड्न थालेको लामो समय बितिसक्दा पनि उचित किसिमको बसपार्क निर्माण हुन नसक्दा सडकलाई नै बसपार्कको रुपमा लिनुपर्ने बाध्यता रहेको हो ।
पाल्तमा निर्माण गरिएको बसपार्कमा सबै गाडीहरु नअटाउने भएकाले अहिले मार्तडीमा गाडीहरु सडकको छैउमै राखिदै आएको छ । साँफे–मार्तडी राजमार्गअन्तर्गत बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएपनि अहिलेसम्म बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गरिदै आएको पवनदूत मार्तडी काउन्टर इन्चार्ज सन्तोष डँडालले बताए ।
सदरमुकामको तालीबाट, नेपाल टेलिकमदेखि तुफानडाँडा हुदै दुनिहाट बजारसम्म बस पार्ककै रुपमा सवारी साधान पार्किङ गर्ने गरिएको छ । काठमाडौँ, नेपालगञ्ज, महेन्द्रनगर धनगढी, अत्तरियाबाट आउने सवारीसाधन सडकको छेउमै राख्नुपर्ने बाध्यता जस्ताको त्यस्तै रहेको छ ।
मार्तडीमा विगत एघार वर्षदेखि यहाँ आउने सानाठूला सबै सवारी साधानलाई दैनिक पार्किङ्ग गर्न समस्या हुँदै आएको छ । अब्यबस्थित गाडी पार्किङले समस्या उत्पन्न भएकोले प्रशासनले एक बर्ष अघि पानीपातल बाहेक अन्य सदरमुकाकको कुनैपनि ठाँउमा गाडीहरु पार्किङ गर्न नपाइने निर्णय गरेको थियो तर उक्त निर्णय कागजको पानामा सिमित बनेको छ ।
पाल्तमा अघिल्लो नगर सरकारले करिब ६० लाख बढी खर्च गरेर बसपार्क निर्माण गरेको थियो । अघिल्लो नगर सरकारको पहलकदमी बाट बसपार्क निमार्ण भए पनि त्यहाँ सबै गाडी नअट्ने भएकाले गाडी पार्किङ्को लागि बाउलीमा बसपार्क निर्माण गर्ने पहल भइरहेको बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
ठूला सवारी साधनका लागि जमिन खरिद गरेर स्थायी रूपमा बाउलीमा बसपार्कको निर्माण गर्ने कार्य भइरहेको खड्काले बताए । बाउलीमा निर्माण हुने भनिए पनि बन्ने कुनै सुरसार भने देखिदैन् । सदरमुकाममा २०७० सालबाट बस सेवा सुचारु भएपनि अहिलेसम्म बसपार्क बन्न सकेको छैन् ।
जसले गर्दा दैनिक गाडी पार्किङ्कको लागि समस्या हुँदै आएको छ । ब्यबस्थित गाडी पार्किङको लागी बसपार्क नहुँदा अहिले दुर्घटनाको जोखिम समेत बढेको जिल्ला ट्राफिक कार्यालय बाजुराले जनाएको छ । ल्लामा ब्यवस्थित बसपार्क निर्माण नहुँदासम्म यो समस्या यथावत रहने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख (डिएसपी) ईकवाल हवारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...
मंसिर २३ गते, २०८२ - १८:०३
झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको ...
मंसिर २३ गते, २०८२ - १८:००
काठमाडौँ । एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ । नेपाली समाजको छायाँमा रहेर बाँ...
मंसिर २३ गते, २०८२ - १७:५६
उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका-३ मा घर छेउकाे नालीमा डुबेर दुई वर्षकाे एक नाबलककाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्पेक्ट...
मंसिर २३ गते, २०८२ - १७:४६
जर्मनी । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पा...
मंसिर २३ गते, २०८२ - १७:४४
बैंकक । थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखे...




प्रतिकृया लेख्नुहोस्: