Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

नेपालको इतिहास, संघर्ष र वर्तमान चुनौती: जेनजीकाे संदेश

शिव फुँयाल
शिव फुँयाल

जेन–जी पुस्ताका अधिकांशले नेपाललाई एकीकरणदेखि हालसम्मको इतिहास गहिरो अध्ययन गर्नुभएको छ । सत्तामा कुन रानीका कुन छोरालाई राजा बनाउने निर्णयदेखि, सबैलाई एउटै ठाउँमा बैठक बोलाएर “भण्डारखाल पर्व” र “कोत पर्व” जस्ता घटनाहरू सञ्चालन गर्नेलगायतका ऐतिहासिक घटनाहरूलाई तपाईंहरूले अवश्य बुझेका हुनुहुन्छ ।

जंगबहादुरको उदयदेखि नेपालमा राजनीतिक दलको गठन र त्यसयता भएका विद्रोह, २००७ सालको राजनीतिक क्रान्ति, षड्यन्त्रहरू, २०१५ को आम चुनाव, २०१७ को कू, २०३६/३७ को विद्रोह, जनमत संग्रह, २०४६ सालको जनआन्दोलन, २०५१ को संसद विघटन र निरन्तर राजनीतिक अस्थिरता सबै यी घटनाहरूले नेपालको राजनीति र समाजलाई आकार दिएका छन् ।

२०५२ सालदेखि माओवादी जनयुद्धले नागरिकहरूलाई आफ्नो अधिकारका लागि आफैं लड्नुपर्ने चेतना जगायो । २०५८ मा भएको राजपरिवारको सामूहिक हत्या, त्यसपछिका प्रतिगामी कदमहरू र २०५९ माघ १९ मा राजा ज्ञानेन्द्र शाहद्वारा २०४७ को संविधानको उल्लङ्घन, दमन र दलहरूको प्रतिबन्धले देशमा राजनीतिक संकट सिर्जना गर्यो । यही संकटको पृष्ठभूमिमा सातदल र माओवादीबीच संविधान सभा मार्फत नेपाली समाजको समस्या समाधान गर्ने सहमति भयो । त्यसपछि शस्त्र विद्रोह र शान्तिपूर्ण जनआन्दोलन, २०६२/६३ को जनविद्रोह, मधेश, जनजाति, महिला, दलित, थारुहरूका विद्रोह, २०७२ को संविधान र त्यसपछिका नाकाबन्दी—यी सबै घटनाले नेपालको संघर्षमूलक इतिहासलाई अझ गहिरो बनाएका छन् ।

नेपाललाई शान्ति कायम राख्दै द्वन्द्वबाट पार लगाउन कुनै असम्भव कुरा छैन । यसको मूल चुनौतीहरू विदेशीनियन्त्रित शक्ति, उनीहरूको लगानी र सत्ता पलट गर्ने नेताहरूको भ्रष्टाचार हुन् । नेपालको वास्तविक समस्या वर्गीय हो । मुलत १४ प्रतिशत दलितहरूको सम्पत्ति नहुनु, छुवाछूतमा जीवन बिताउनु, र समाजले उनीहरूलाई दमनमा राख्नु—यी सबैले सर्वहारा वर्गलाई पिडित बनाएको छ । जनजातिहरू ठूलो संख्यामा छन्, तर राज्यको पहुँच सीमित छ ।

२०७२ को संविधानले समावेशी व्यवस्थाका कारण दलित, जनजाति, मधेशी, महिला, मुस्लिम लगायतका समुदायले राज्यमा पहुँच पाएका छन् । प्रत्येक वडामा एक दलित र एक महिला अनिवार्य गर्दा करिब १४ हजारको प्रत्यक्ष सहभागिता सुनिश्चित भयो । २००७ सालमा संविधान सभाबाट संविधान बनाउने कुरा तय भयो । २०६४ र २०७० सालमा संविधानसभाको चुनावबाट बनेको संविधानलाई राजतन्त्रका पक्षधर र भारतले स्वीकार नगरेको नाकाबन्दीले थप संकट सिर्जना गर्‍यो । भूकम्प, नाकाबन्दी र कोरोना महामारीले अर्थतन्त्र तहसनहस भयो ।

भ्रष्टाचार भने हाम्रो समाजको “क्यान्सर” बनेको छ । राजनीतिक दलहरूले लोकतान्त्रिक प्रक्रियामा नचल्नु ठूलो समस्या हो । लोकतन्त्रमा बहुमतको सरकार र दह्रो विपक्ष आवश्यक हुन्छ, तर यहाँ पहिलो र दोस्रो दल मिलेर बिचौलिया योजनामा राष्ट्रको दोहन गरेको छ । यही कारण आजका नयाँ पुस्ताले सहन नसक्ने अवस्थामा विद्रोह जन्मियो ।

तर विद्रोहसँगै विदेशी र प्रतिगामी शक्ति राष्ट्रले सहन नसक्ने भौतिक सम्पत्ति नष्ट गर्न पुगेको छ । उद्योगपति र व्यवसायीहरूको सम्पत्ति, जसले अरबौं कर तिर्छन् र हजारौंलाई रोजगारी दिन्छन्, नष्ट भयो । अब विदेशी लगानी कसरी आउनेछ ? हाम्रो देश इतिहासकै गम्भीर संकटमा छ ।

यस समयमा सबैलाई स्वीकार्य हुने उपाय खोजेर लोकतान्त्रिकरणमार्फत समस्याहरू समाधान गर्नु अपरिहार्य छ । जनताको असन्तुष्टिमा आधारित विद्रोहले देशलाई युक्रेन जस्तो बनाउने सम्भावना पनि छ । यसका लागि कोही प्यादा बन्ने कि भन्ने विषयमा सचेत रहन जरुरी छ । विश्व इतिहासले देखाएको छ कि राष्ट्रवाद, धर्मान्धता र लोकप्रियतावादले अन्ततः क्रूर तानाशाही जन्माउँछ ।

तसर्थ, जेन–जी पुस्ता र अध्ययनशील नागरिकहरूले अझ बढी पढ्न, अनुसन्धान गर्न, अंग्रेजीसहितका स्रोतहरू अध्ययन गर्न आवश्यक छ। त्यसबाट प्राप्त ज्ञानलाई दिगो र सर्वस्वीकृत तरीकाले लागू गर्दै नेपालको शान्ति र समृद्धि सुनिश्चित गर्न सकिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE