काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटा र कृष्णबहादुर महराले जेन–जी नेतृत्वको आन्दोलनलाई ऐतिहासिक जनआन्दोलनहरूको निरन्तरता भन्दै संविधानको दायराभित्र समाधान खोज्न सरकार र सबै पक्षलाई आग्रह गरेका छन्।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। विज्ञप्तिमा आन्दोलनका घटनाको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।
सापकोटा र महराले युवा पुस्ताको परिवर्तनप्रतिको दृढ चाहना र देशको भविष्यप्रतिको आकांक्षा आन्दोलनमार्फत प्रकट भएको उल्लेख गर्दै भनेका छन्, “जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतका बलिदानी संघर्षजस्तै यो आन्दोलन पनि ऐतिहासिक निरन्तरता हो।”
तर, उनीहरूले आन्दोलनमा प्रतिगामी तत्व घुसेर तोडफोड, आगजनी र विध्वंस गर्ने प्रयास गरेको भन्दै त्यस्ता गतिविधि रोक्न सबै अग्रगामी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन्। “अप्राकृतिक गठबन्धनको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी संरचना नष्ट हुनु दुःखद छ,” विज्ञप्तिमा उल्लेख छ।
पूर्वसभामुखद्वयले संविधान कार्यान्वयन र सरकार सञ्चालनमा देखिएका कमजोरीको गम्भीर समीक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशीता र धर्मनिरपेक्षता जस्ता उपलब्धिको रक्षा सबैको साझा जिम्मेवारी भएको स्मरण गराएका छन्।
राष्ट्रपतिद्वारा भइरहेको पहललाई स्वागत गर्दै उनीहरूले संघीय संसदमार्फत आवश्यक कानुन बनाएर मुलुकलाई नयाँ जनादेशमा लैजाने प्रक्रिया वैधानिक र उपयुक्त हुने बताएका छन्।
उनको निष्कर्षमा भनिएको छ, “आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकार गठन गर्नु अहिलेको उत्तम विकल्प हो। नयाँ सरकारको पहिलो काम स्वच्छ र निष्पक्ष निर्वाचन गर्नासाथ ध्वस्त संरचनाको पुनर्निर्माण र सुशासनलाई प्राथमिकता दिनु अपरिहार्य छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: