सल्यान । कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नोखिराम थापामाथि भएको कुटपिट प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शारदा नगरपालिका–६ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका स्थानीय नेता भिकराज बुढाथोकी र प्रमोद भण्डारी छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक बावुराम बस्नेतका अनुसार उनीहरूलाई शुक्रबार पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
भदौ २२ गते राति करिब ९ बजे श्रीनगर बजारस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका बेला बुढाथोकी र भण्डारीले थापामाथि आक्रमण गरेको आरोप छ। कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ र उहाँ अहिले उपचाररत हुनुहुन्छ।
पीडित थापाले केही दिनअघि ‘श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको’ सम्बन्धी समाचार प्रकाशित गरेका थिए। सोही समाचारलाई आधार मानेर आफूलाई लक्षित गर्दै आक्रमण गरिएको उहाँको दाबी छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र दोषी पुष्टि भए कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।
यसैबीच, नेपाल पत्रकार महासंघसहित जिल्लामा क्रियाशील पत्रकार संगठनहरूले दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्। महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले जारी गरेको प्रेस विज्ञप्तिअनुसार थापा रिपोर्टिङपछि खाना खान होटल करुवामा पुगेका बेला ५–६ जनाको समूहले आक्रमण गरेको उल्लेख छ।
आक्रमणले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै जिल्ला र प्रदेशस्तरका पत्रकार संघ तथा विभिन्न पेशागत संगठनहरूले तीव्र आपत्ति जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: