काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) अन्तर्गतका छवटा पेशागत संगठनहरूले वर्तमान राष्ट्रिय संकटको संवैधानिक समाधान खोज्न राष्ट्रपतिलाई अपिल गरेका छन् ।
नेपाल चिकित्सक संघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल प्राध्यापक संघ र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा राष्ट्रपति कार्यालयमा बुझाएको ज्ञापनपत्रमा संवैधानिक सर्वोच्चता, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यता रक्षा गर्न राष्ट्रपतिको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख छ ।
पेशागत सञ्जालले युवा पुस्ताको परिवर्तन, भ्रष्टाचारमुक्त सुशासन र राजनीतिमा पुस्तान्तरणको मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै आन्दोलनमा भएको घुसपैठका कारण भएको धनजनको क्षतिप्रति दुःख प्रकट गरेको छ । उनीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
ज्ञापनपत्रमा संविधानको मर्मभित्रै समाधान खोज्नुपर्ने र संवैधानिक संरचनाको यथावत् क्रियाशीलता कायम गर्न राष्ट्रपतिलाई अनुरोध गरिएको छ । सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भइसकेकोले राष्ट्रिय सरकार गठनको प्रक्रिया तत्काल प्रारम्भ गर्न अपिल गरिएको छ । संविधान, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र लोकतान्त्रिक मूल्य विपरीतका कुनै पनि कदम आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिँदै पापडले “अन्यथा भएमा प्रतिरोध गर्न बाध्य हुने” जनाएको छ । साथै, सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासनव्यवस्थाप्रति युवा पुस्ताको जायज मागलाई भूराजनीतिक हस्तक्षेपबाट जोगाउन र गैरनागरिक सरकार गठनको खतरा प्रति सजग रहन राष्ट्रपतिलाई आग्रह गरिएको छ ।
“देशलाई गम्भीर संकटबाट जोगाउन, संविधानको रक्षा गर्न र गणतान्त्रिक संघीय समावेशी संविधानलाई जीवन्त राख्न राष्ट्रपतिज्यूले तत्काल आवश्यक कदम चाल्नुपर्छ,” ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरूमा नेपाल चिकित्सक संघका डा. अनिल विक्रम कार्की, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका वर अ. प्रा.डा. विजय प्रसाद मिश्र, नेपाल प्राध्यापक संघका प्रा.डा. रमेश कुमार जोशी, नेपाल शिक्षक महासंघका लक्ष्मी किशोर सुवेदी र नेपाल इन्जिनियर्स एशोसिएसनका इ. सुवास चन्द्र बराल रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: