Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बाँकेमा आन्दाेलनकारीबाट १० अर्ब बढीको क्षति

खबरडबली संवाददाता

बाँके । बाँकेको सदरमुकाम नेपालगन्ज र कोहलपुरमा रहेका स्थानीय सरकारका कार्यालयसहित करिब एक दर्जन बढी सरकारी कार्यालयमा आगजनी हुँदा करिब दश अर्व बढीको क्षति भएको अनुमान गरिएको छ ।

बुधवार जेनजी प्रदर्शनको क्रममा जिल्लाका जनतासँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश सरकारी कार्यालयहरुमा गरिएको आगजनीबाट करिब १० अर्बको क्षति भएको अनुमान गरिएको छ । जेनजी प्रदर्शनकारीहरुको नाममा गरिएको आगजनी तथा तोडफोडबाट नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलाश, मालपोत तथा भूमिसुधार कार्यालय, नापी कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, यातायात कार्यालय, राजस्व अनुसन्धान कार्यालय कोहलपुर, ईलाका प्रशासन कार्यालय लगायत ध्वस्त भएका छन् ।

ती कार्यालयमा रहेका सम्पूर्ण सामग्रीसहित कागजपत्र तथा सयौंको संख्यामा मोटरसाइकल र गाडीहरु पनि जलाएर ध्वस्त पारिएका छन् । ठुलो संख्यामा रहेको भिडले विभिन्न नाराहरु लगाउँदै ती सबै कार्यालयमा पुगेर त्यहाँ आगो लगाई सबै सामान तथा भवन जलाएर ध्वस्त बनाएको हो । 

यसअघि उनीहरुले पासाङल्हामु मार्गमा रहेको नेकपा (एमाले) बाँकेको कार्यालय र सुर्खेतरोडमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा पनि आगो लगाएर ध्वस्त बनाएका थिए । पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक तथा विपि चोकमा रहेको विपि कोइरालाको शालिक समेत तोडफोड गरेर ध्वस्त बनाएका थिए । 

उच्च अदालतको नेपालगन्ज इजलाश, मालपोत कार्यालय र जिल्ला अदालत बाँकेमा गरिएको आगजनीले त्यहाँबाट निस्केको धुवाँको मुस्लोले सँगैरहेको भेरी अस्पताल ढाकिएपछि बिरामीहरुको उपचारमा समस्या भएको भेरी अस्पतालका चिकित्सकहरुको भनाइ छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले नजिकै विभिन्न कार्यालयमा भएको आगलागीले बिरामीलाई जोखिममा पारेको बताउनुभयो । धुवाँको मुस्लोले अस्पताल पुरै छोपिंदा समस्या भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending