Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

बाँकेमा आन्दाेलनकारीबाट १० अर्ब बढीको क्षति

खबरडबली संवाददाता

बाँके । बाँकेको सदरमुकाम नेपालगन्ज र कोहलपुरमा रहेका स्थानीय सरकारका कार्यालयसहित करिब एक दर्जन बढी सरकारी कार्यालयमा आगजनी हुँदा करिब दश अर्व बढीको क्षति भएको अनुमान गरिएको छ ।

बुधवार जेनजी प्रदर्शनको क्रममा जिल्लाका जनतासँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश सरकारी कार्यालयहरुमा गरिएको आगजनीबाट करिब १० अर्बको क्षति भएको अनुमान गरिएको छ । जेनजी प्रदर्शनकारीहरुको नाममा गरिएको आगजनी तथा तोडफोडबाट नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलाश, मालपोत तथा भूमिसुधार कार्यालय, नापी कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, यातायात कार्यालय, राजस्व अनुसन्धान कार्यालय कोहलपुर, ईलाका प्रशासन कार्यालय लगायत ध्वस्त भएका छन् ।

ती कार्यालयमा रहेका सम्पूर्ण सामग्रीसहित कागजपत्र तथा सयौंको संख्यामा मोटरसाइकल र गाडीहरु पनि जलाएर ध्वस्त पारिएका छन् । ठुलो संख्यामा रहेको भिडले विभिन्न नाराहरु लगाउँदै ती सबै कार्यालयमा पुगेर त्यहाँ आगो लगाई सबै सामान तथा भवन जलाएर ध्वस्त बनाएको हो । 

यसअघि उनीहरुले पासाङल्हामु मार्गमा रहेको नेकपा (एमाले) बाँकेको कार्यालय र सुर्खेतरोडमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा पनि आगो लगाएर ध्वस्त बनाएका थिए । पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक तथा विपि चोकमा रहेको विपि कोइरालाको शालिक समेत तोडफोड गरेर ध्वस्त बनाएका थिए । 

उच्च अदालतको नेपालगन्ज इजलाश, मालपोत कार्यालय र जिल्ला अदालत बाँकेमा गरिएको आगजनीले त्यहाँबाट निस्केको धुवाँको मुस्लोले सँगैरहेको भेरी अस्पताल ढाकिएपछि बिरामीहरुको उपचारमा समस्या भएको भेरी अस्पतालका चिकित्सकहरुको भनाइ छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले नजिकै विभिन्न कार्यालयमा भएको आगलागीले बिरामीलाई जोखिममा पारेको बताउनुभयो । धुवाँको मुस्लोले अस्पताल पुरै छोपिंदा समस्या भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE