Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

जेन–जीमाथिको सरकारी दमनमा राष्ट्र संघको चासो

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा आज भएका जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिक तथा घाइते भएकाप्रति संयुक्त राष्ट्र संघले गहिरो दुःख प्रकट गरेको छ । 

संयुक्त राष्ट्र संघका नेपालस्थित आवास संयोजक हना सिंगर हम्दीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै यो घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेकी छन् ।

हम्दीले मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् । उनले सबै पक्षलाई संयमता अपनाउन र हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गर्दै शान्तिपूर्ण संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइन् ।

उनको भनाइमा, नागरिकहरूले आफ्ना लोकतान्त्रिक अधिकारहरू सुरक्षित वातावरणमा प्रयोग गर्न पाउनु आवश्यक छ । “प्रत्येक व्यक्तिलाई स्वतन्त्र अभिव्यक्ति, भेला र शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित हुनुपर्छ,” हम्दीले भनेकी छन् ।

यस्तै, उनले सरकारसँग नागरिकहरूको सुरक्षा, स्वतन्त्रता र मानवअधिकारको सम्मान हुने वातावरण कायम गर्न विशेष ध्यान दिन आग्रह गरिन् । हालैका प्रदर्शनका क्रममा भएको भिडन्तप्रति उनले चिन्ता व्यक्त गर्दै यस्ता घटनाले मुलुकमा मानवअधिकार र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न खडा गर्ने खतरा रहेको बताइन् ।

राष्ट्र संघले यसअघि पनि नेपालमा भएका विभिन्न आन्दोलन, प्रदर्शन र राजनीतिक अस्थिरताका घटनामा संयमता र संवादको मार्ग अवलम्बन गर्न सन्देश दिँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending