काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउँदो भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । महाधिवेशनका तयारी लगभग पूरा भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको नामावली टुंगो लगाइएको छ । उनका अनुसार, दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै यसपटक पनि प्रतिनिधि हुनेछन् । तर, मृत्यु, पार्टी परित्याग वा कारबाहीका कारण रिक्त भएका स्थानमा नयाँ प्रतिनिधि मनोनयन गर्ने व्यवस्था नभएकोले ती स्थान खाली रहनेछन् । यस्तै, दशौं महाधिवेशनपछि मनोनित वा अन्य पार्टीबाट समायोजन भएर आएका केन्द्रीय सदस्यहरू आयोजकको हैसियतमा मात्र रहने व्यवस्था गरिएको छ ।
यसपटक महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधि सहित २ हजार ३४९ जना सहभागी हुनेछन् । केन्द्रीय कार्यालयले सबै प्रतिनिधिलाई एसएमएसमार्फत निमन्त्रणापत्र पठाइसकेको छ भने सम्पर्कमा समस्या भएका जिल्लाहरूलाई प्रतिनिधिलाई जानकारी दिन निर्देशन दिइएको छ ।
महाधिवेशनको मूल नारामा “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य” तय गरिएको छ । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार महाधिवेशनका लागि राजनीतिक, संगठनात्मक र विधानसम्बन्धी तीन मुख्य प्रतिवेदन छपाइको अन्तिम चरणमा छन् । साथै, निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषद्का प्रतिवेदन पनि तयारी भइरहेको छ । प्रतिनिधिहरूको परिचयपत्र छपाइ भइसकेको र अनलाइनमार्फत पनि लिन सकिने व्यवस्था गरिएको उनले बताए ।
गोदावरीस्थित स्थलमा छिर्ने क्रममा प्रतिनिधिहरूले परिचयपत्रमा रहेको क्यूआर कोड डिजिटल ढोकामार्फत स्क्यान गरी प्रवेश गर्नुपर्नेछ । खानापान व्यवस्थापनका लागि एक व्यांक्वेटलाई जिम्मा दिइएको छ ।
महाधिवेशनलाई भव्य बनाउन हल सजावट, मञ्च व्यवस्थापन, स्वागतद्वार निर्माण र झण्डा सजावटका काम भइरहेका छन् । सातदोबाटोदेखि गोदावरीसम्म विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटीहरूले स्वागतद्वार निर्माण र झण्डा राख्ने काम गरिरहेका छन् । ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा टाँग्ने कार्य गरिरहेको छ भने भक्तपुर जिल्ला कमिटीले जडिबुटीदेखि सूर्यविनायकसम्मका आकाशे पुल र चोक–चोकमा व्यानर र झण्डा राख्ने तयारी गरेको अध्यक्ष बचन देउजाले जानकारी दिए ।
महाधिवेशनका सबै प्रतिवेदनबारे अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयको बैठकले भदौ १९ गते गर्नेछ । यसअघि, भदौ १८ गते पत्रकार सम्मेलनमार्फत अन्तिम तयारी सार्वजनिक गरिनेछ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: