ललितपुर । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बुद्धिमत्ता (एआइ) प्रभावकारी रूपमा प्रयोग गर्न फाइभजी नेटवर्क कार्यान्वयन अनिवार्य भएको बताएका छन् ।
नेपाल टेलिकम (एनटीसी)ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई चाँडै फाइभजी सेवा सञ्चालन गर्न निर्देशन दिए । उनले जनताको घरदैलोमा फोरजी नेटवर्क पनि अझ व्यापक बनाउनुपर्नेमा जोड दिए ।
“साउथ एसियाका देशहरूले फाइभजी सुरु गरिसकेका छन्, तर हामी पछि परेका छौँ,” मन्त्री गुरुङले भने, “यसै वर्षभित्र फाइभजी सुरु गर्ने प्रधानमन्त्रीसँग मेरो वचनबद्धता छ ।” उनले काठमाडौँ र पोखराबाट फाइभजी विस्तारको तयारी भइरहेको जानकारी दिए ।
मन्त्री गुरुङका अनुसार फाइभजी र डिजिटल संरचना विस्तारले डिजिटल सुशासन, छिटो र सहज सेवा वितरण तथा सुशासन प्रवर्द्धनमा टेलिकमको महत्वपूर्ण भूमिका रहनेछ । कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले टेलिकमले भविष्यका लक्ष्य सतप्रतिशत पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिइन् । सह–सचिव कोशहरि निरौलाले कार्य सम्पादनमा देखिएका चुनौतीलाई समाधान गर्दै अघि बढ्न आग्रह गरे ।
एनटीसीका सातै प्रदेशका निर्देशकहरूले पनि आफ्ना भावी कार्ययोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: