Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

युरिया मल कालोबजारी छानबिन गरी दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा रसायनिक मल (युरिया) को कालोबजारी भएको घटनाप्रति नेकपा (माओवादी केन्द्र) कटारी नगर कमिटीले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको नेतृत्वमा गत बिहीबार गरिएको बजार अनुगमनका क्रममा कटारी बजारस्थित दिलीप चौधरीको अशुतोष ट्रेडर्स तथा जनरल स्टोर र जयमाँकाली प्रालिको गोदाममा लुकाइएका २ सय बोरा सरकारी अनुदानको युरिया मल फेला परेको थियो । सोसँगै कटारी बजारमा युरिया मलको कालोबजारी व्यापक भएको तथ्य बाहिर आएको हो ।

यसै विषयमा माओवादी केन्द्र कटारी नगर कमिटीका अध्यक्ष कमल श्रेष्ठ र सचिव ईश्वर पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, *अनुदान मल वितरण कार्यविधि २०८२ अनुसार स्थानीय तह मल वितरण व्यवस्थापन समिति नगरपालिकाको मातहतमा रहनुपर्ने व्यवस्था हुँदाहुँदै पनि अनधिकृत रूपमा विचौलियाको हातमा पुग्नु कटारी नगरपालिकाप्रति नै गम्भीर शंका पैदा गर्ने विषय हो ।”

अनुगमन टोलीले चौधरीको निजी गोदामबाट लुकाइएको मल बरामद गर्नुले बजारभित्र कालोबजारी र विचौलियाको जालो फैलिएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।“किसानहरू मलको अभावमा पीडामा रहेको बेला यस्तो जघन्य कार्य हुनु दुःखद र पीडादायी छ,” विज्ञप्तिमा भनिएको छ, *यस घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न तथा कालोबजारीको जालो तोडेर किसानलाई सहज रुपमा मल उपलब्ध गराउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।”

माओवादी केन्द्रले मुलुकभर मल अभावको मारमा रहेका किसानलाई अवैधानिक ढंगले मल लुकाएर कालोबजारी गर्ने प्रवृत्ति अत्यन्तै निन्दनीय भएको जनाएको छ । यसैबीच, शुक्रबार कटारी नगरपालिकामा स्थानीय बुद्धिजीवी र अगुवा किसानहरूले पनि कालोबजारीको विरोधमा प्रदर्शन गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending