उदयपुर । उदयपुरको कटारी नगरपालिकामा रसायनिक मल (युरिया) को कालोबजारी भएको घटनाप्रति नेकपा (माओवादी केन्द्र) कटारी नगर कमिटीले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको नेतृत्वमा गत बिहीबार गरिएको बजार अनुगमनका क्रममा कटारी बजारस्थित दिलीप चौधरीको अशुतोष ट्रेडर्स तथा जनरल स्टोर र जयमाँकाली प्रालिको गोदाममा लुकाइएका २ सय बोरा सरकारी अनुदानको युरिया मल फेला परेको थियो । सोसँगै कटारी बजारमा युरिया मलको कालोबजारी व्यापक भएको तथ्य बाहिर आएको हो ।
यसै विषयमा माओवादी केन्द्र कटारी नगर कमिटीका अध्यक्ष कमल श्रेष्ठ र सचिव ईश्वर पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, *अनुदान मल वितरण कार्यविधि २०८२ अनुसार स्थानीय तह मल वितरण व्यवस्थापन समिति नगरपालिकाको मातहतमा रहनुपर्ने व्यवस्था हुँदाहुँदै पनि अनधिकृत रूपमा विचौलियाको हातमा पुग्नु कटारी नगरपालिकाप्रति नै गम्भीर शंका पैदा गर्ने विषय हो ।”
अनुगमन टोलीले चौधरीको निजी गोदामबाट लुकाइएको मल बरामद गर्नुले बजारभित्र कालोबजारी र विचौलियाको जालो फैलिएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।“किसानहरू मलको अभावमा पीडामा रहेको बेला यस्तो जघन्य कार्य हुनु दुःखद र पीडादायी छ,” विज्ञप्तिमा भनिएको छ, *यस घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न तथा कालोबजारीको जालो तोडेर किसानलाई सहज रुपमा मल उपलब्ध गराउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।”
माओवादी केन्द्रले मुलुकभर मल अभावको मारमा रहेका किसानलाई अवैधानिक ढंगले मल लुकाएर कालोबजारी गर्ने प्रवृत्ति अत्यन्तै निन्दनीय भएको जनाएको छ । यसैबीच, शुक्रबार कटारी नगरपालिकामा स्थानीय बुद्धिजीवी र अगुवा किसानहरूले पनि कालोबजारीको विरोधमा प्रदर्शन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: