Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

कोशी प्रदेशसभाबाट तथ्याङ्कसम्बन्धी विधेयक पारित

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश तथ्याङ्कसम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ‘विधेयक पारित गरियोस्’ भनी राखेको प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।

यसअघि विधेयकको दफावार छलफलमा कोशी प्रदेशसभा सदस्य निरन राई, कमला दर्नाल र छविलाल चुँडालले धारणा राखेका थिए । विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका सदस्य रमेशकुमार बस्नेतले प्रस्ताव फिर्ता लिएका थिए ।

मन्त्री मगरले सरकारले बनाउने योजना, नीति, नियम एवं कानुनलाई कार्यान्वयन तहसम्म लैजान तथ्याङ्कको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले प्रदेश सरकारले प्रत्येक पाँच वर्षमा बनाउने योजनामा तथ्याङ्कको भूमिकालाई इन्कार गर्न नसकिने भन्दै सही तथ्याङ्कले मात्र सरकारले वितरण गर्ने सेवासुविधा नागरिक तहसम्म पुग्ने विचार राखे ।

विशेष तथा शून्य समय

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले दलित सशक्तीकरण ऐन ल्याउनुपर्नेमा जोड दिए । उनले सरकारले ल्याएको आमसञ्चार विधेयकमा धेरै त्रुटि रहेकाले पुनः न्याय, प्रशासन तथा विधायन समितिमा छलफल गर्नुपर्ने धारणा राखे ।

उप्रेतीले चालु अधिवेशनमा नै संसदीय नियमावलीलाई छिनोफानो गर्न सुझाव दिए । यस्तै, शून्य समयमा प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईं, सपना दर्जी, प्रदीपकुमार सुनुवार, सुनिताकुमारी गुरुङ, विद्या चाम्लिङ राई, कमला थापा मगर, मीना श्रेष्ठ, किशोरचन्द्र दु्लाल, तिलचन पाठक र शोभा चेम्जोङले विविध पक्षमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभाको अर्को बैठक भदौ १५ गते दिउँसो १ बजे बस्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending