पेरिस । फ्रान्सको प्रमुख अति-दक्षिणपन्थी पार्टीले बिहीबार प्रधानमन्त्री फ्रान्कोइस बायरूसँग बजेटबारे सम्झौता गर्न ‘धेरै ढिलो’ भइसकेको भन्दै अस्वीकार गरेको छ । सरकारले खर्च कटौती गर्न चाहेको बजेटबारे महिनौँदेखिको गतिरोधपछि आगामी सेप्टेम्बर ८ मा आह्वान गरिएको विश्वासको मतमा बायरूले आफ्नो अस्तित्व जोगाउनु पर्ने छ ।
तर अति-दक्षिणपन्थी र वामपन्थी दलले समर्थन नगर्ने घोषणा गरेपछि विश्लेषकले गत डिसेम्बरमा पदभार ग्रहण गर्नु भएका ७४ वर्षीय बायरूको प्रधानमन्त्री पद केही महिनामै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् । “धेरै ढिलो भयो । प्रधानमन्त्री महोदय, तपाईंले फ्रान्सेली जनतालाई फाइदा हुने बजेट बनाउन पर्याप्त अवसर गुमाउनुभयो”, नेसनल र्याली (आरएन) का उपनेता सेबास्टियन चेनुले टिएफ टेलिभिजनलाई भने, “पृष्ठ पल्टिएको छ । संवाद अब विगतको कुरा भइसकेको छ ।”
बायरूले सोमबारदेखि पार्टी नेतासँग वार्ता सुरु गर्ने घोषणा गरेका थिए । उनले फ्रान्सको ऋण भार कम गर्नका लागि दलले बचत उपायमा सहमति जनाए मात्र छलफल गर्न सकिने बताए । तर उनले गर्मीमा पार्टी नेतासँग सम्पर्क नगरेको कारण ‘उहाँहरू बिदामा हुनुहुन्थ्यो’ भन्ने टिप्पणी गर्दा चेनुले कडा असन्तुष्टि जनाउनुभयो । चेनुले भने, “यो बयान अपर्याप्त मात्र होइन, तर ५० वर्षदेखि राजनीतिमा सक्रिय व्यक्तिबाट आएको हुनाले निकै चिन्ताजनक छ ।”
यदि बायरूले विश्वासको मत गुमाउनुभयो भने, उहाँले आफ्नो सम्पूर्ण सरकारसँगै राजीनामा दिनुपर्नेछ । त्यसपछि राष्ट्रपति इमानुएल म्याक्रोनले उनलाई पुनः नियुक्त गर्न सक्नुहुने छ वा नयाँ व्यक्तित्वलाई प्रधानमन्त्री चयन गर्न सक्नुहुने छ । यस अवस्थामा, सन् २०१७ मा पदभार सम्हालेयता म्याक्रोनले सातौँ प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना हुने छ ।
त्यसैगरी, उनले चाहेको खण्डमा राष्ट्रपति म्याक्रोनले एक वर्षभन्दा बढी समयदेखि फ्रान्सलाई सताइरहेको राजनीतिक गतिरोध तोड्न चाँडै चुनावको आह्वान पनि गर्न सक्नुहुने छ । तर बायरूले भने आकस्मिक चुनावले स्थिरता ल्याउन नसक्ने चेतावनी दिए । उनले सन् २०२४ को गर्मीमा भएको पछिल्लो चुनावले नै नेसनल र्याली (आरएन) लाई संसद्को सबैभन्दा ठूलो एकल पार्टीको रूपमा स्थापित गरेको स्मरण गराए ।
बायरूले आफैँ विश्वासको मत जित्ने सम्भावनाबारे आशावादी नभएको स्वीकार गर्दै भने, “आज, हामीलाई थाहा छ कि संसदबाट यो विश्वास प्राप्त गर्न सक्दैनौँ, तर लामो समयदेखि हाम्रो हातमा बहुमत छैन भन्ने पनि प्रष्ट छ ।” तर उनले देशको ऋण भार घटाएर फ्रान्सका युवालाई सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनका अनुसार, यो ऋण युद्धपछिको पुस्ताका ‘बुमरको आरामका लागि’ वर्षौँदेखि जम्मा हुँदै आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: