विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डलाई बलियो बनाएर अगाडि बढ्न निर्देशन दिएका छन् ।
पार्टीको प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई चुनावमा लैजाने हो भने अध्यक्ष प्रचण्ड लाई निसर्त सहयोग गरेर अगाडि बढ्नुपर्ने उनले बताए । गजुरेलले भने- 'अहिले अध्यक्ष प्रचण्डले सहि गर्दा गर्दै आलोचना गर्ने र पार्टी नेतृत्वप्रति देखिएको जनविश्वासलाई फरक बहस तर्फ मोड्ने जुन गतिविधि भैरहेका छन । आफ्नाले त राम्रो गर्दा माया पो गर्छन । राम्रो गर्दा गर्दै विरोध त शत्रले गर्द्छन । चुनाव नलड्ने हो । बैद्यै जी ले जस्तै गर्ने हो भने त ठिकै छ । होइन भने अहिले अध्यक्ष प्रचण्डले लिएको अभियानलाई निसर्त सहयोग गर्न जरूरी छ । प्रदेश १ सहि नेतृत्व को पक्षमा एकताबद्व हुन्छ ।'
उनले पार्टी नेतृत्त्वप्रति सही आलोचना र समर्थन गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा लिएका सुशासन, सामाजिक न्याय र समृद्धिको कदमलाई सामान्य उपलब्धि नभई ठूलो महत्वको वर्ग संघष भएको उल्लेख गरे । “राम्रो भइरहेको कामलाई खुलेर समर्थन गर्नुपर्छ, बिग्रिएको ठाउँमा कार्यकर्ताले प्रतिवाद गर्नुपर्छ । विपक्षले हो राम्रो गर्दा पनि विरोध गर्ने” गजुरेलले भने ।
गजुरेलले पार्टीभित्रको धारणा र बहसलाई स्वाभाविक मान्दै नेतृत्त्वले राम्रो गर्दा समर्थन र साथ दिनुपर्ने बताए ।
उनले पार्टी र नेताहरूले आफ्ना कामलाई पुस्तक पढेजस्तै एकपटक मात्रै हेरेर छोड्ने होइन, निरन्तर समीक्षा र अभ्यास गर्दै जानुपर्ने सुझाव दिए । “हामी सबै मिलेर नेतृत्त्वलाई मजबुत बनाउनुपर्छ, पार्टीलाई बलियो बनाउनुपर्छ । यही बाटोले भविष्यमा ठूलो सफलता दिलाउँछ,” उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: