मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेल्मेट नलगाउने मोटरसाइकल चालकलाई पेट्रोल नदिन निर्देशन दिएका छन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको विशेष बैठकमा उनले बढ्दो सवारी दुर्घटना नियन्त्रण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि ठोस कदम चाल्न सम्बद्ध निकायलाई आह्वान गरे ।
बैठकमा नेपाल प्रहरी र ट्राफिक व्यवस्थापन कार्यालय चितवनले प्रदेशभित्र दुर्घटनाको अवस्था र कारणबारे प्रस्तुति दिएका थिए । सो अवसरमा मुख्यमन्त्री बानियाँले मादक पदार्थ सेवन परीक्षणलाई नियमित गर्ने, दुई पाङ्ग्रे सवारी चालकलाई अनिवार्य रूपमा हेल्मेट लगाउन बाध्यकारी व्यवस्था लागू गर्ने र हेल्मेट बिना इन्धन बिक्री रोक्ने अभियान तत्कालै कार्यान्वयन गर्न निर्देशन दिए ।
यस अभियानलाई कार्यान्वयन गर्न नेपाल आयल निगम र पेट्रोलियम डिलर्स एसोसियसनसँग पत्राचार गरी पेट्रोल पम्पमा ‘हेल्मेट बिना इन्धन पाइँदैन’ भन्ने बोर्ड राखिने भएको छ । साथै, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत निगरानी गरिने बताइएको छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रमुख सचिव भुपाल बराल, सचिव बिरेन्द्रकुमार भारतीलगायत उपस्थित थिए ।
यस अवसरमा बागमती प्रदेश प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोसियसन बागमती अध्यक्ष शुदर्शन कार्की, ट्राफिक प्रहरी प्रमुख नरेशराज सुवेदी र प्रहरी निरीक्षक गायत्रीराज शर्माले चाँडपर्वको समयमा दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: