Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

वनजङ्गल आगो नियन्त्रणमा नयाँ प्रविधि : एआई आधारित पूर्वानुमानमा ८६ प्रतिशत सटीकता

खबरडबली संवाददाता

जेरुसलेम । इजरायलका अनुसन्धानकर्ताले वनजङ्गलमा लाग्ने आगोको जोखिम पहिचान गर्न देश र क्षेत्र अनुसार अनुकुलन गर्न सकिने कृत्रिम बुद्धिमत्तामा (एआई) आधारित नयाँ विधि विकास गरेका छन् । टेल अविभ विश्वविद्यालयले मङ्गलबार जानकारी दिएको हो ।

जलवायु परिवर्तनका कारण विश्वभर वनजङ्गलमा आगोको सङ्ख्या र तीव्रता बढिरहेको छ, जसले वातावरणमा हानिकारक ग्यास उत्सर्जन गर्दै स्थानीय समुदाय र पारिस्थितिकी प्रणालीलाई गम्भीर असर पुर्‍याइरहेको छ । अहिलेसम्म वनजङ्गल आगोको जोखिम मापन गर्ने सूचकाङ्क मुख्यरूपमा अस्ट्रेलिया, क्यानाडा र अमेरिका जस्ता देशमा विकास भएका थिए ।

ती देशमा तिनीहरूको प्रभावकारिता राम्रो भए पनि अन्य क्षेत्रमा सटीकता कम हुने समस्या थियो । नयाँ विधिले प्रत्येक देशको जलवायु, वनस्पति, जमिनको प्रयोग र आगो लाग्ने कारणअनुसार सूचकाङ्कलाई परिमार्जन गरी पूर्वानुमानको सटीकता ७० प्रतिशतबाट ८६ प्रतिशतसम्म पुर्‍याएको छ ।

अध्ययनका क्रममा क्यानाडाली सूचकाङ्क सबैभन्दा भरपर्दो प्रमाणित भयो । अनुसन्धानकर्ताले जेनेटिक एल्गोरिदम प्रयोग गरी यसलाई प्रत्येक देशका लागि अनुकुलन गरेका थिए । त्यसपछि देश अनुसारको कृत्रिम बुद्धिमत्ता मोडेल बनाएर सजिलै प्रयोग गर्न मिल्ने निर्णय वृक्षमा रूपान्तरण गरे ।

यस नयाँ प्रणालीले आपत्कालीन सेवालाई छिटो र सही पूर्वसूचना दिन, स्रोतको प्रभावकारी प्रयोग गर्न र क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउने छ । यो विधि भविष्यमा विश्वभर बनजंगल रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending