Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

रुकुम पश्चिम कारागारमा क्षमताभन्दाबढी कैदीबन्दी

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुमपश्चिममा रहेको जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी छन् । भौतिक पूर्वाधार अभावमा क्षमता अनुकूलको व्यवस्थापन नहुँदा कैदीबन्दीलाई आधारभूत आवश्यकता उपयोगमा समस्या भइरहेको छ ।

रुकुम कारागारमा क्षमताका हिसाबले २५ जनाको छ । २० पुरुष र पाँच महिलाको क्षमता रहेको यस कारागारमा अहिले १५४ जना कैदीबन्दी कोचिनु परेको छ । कारागारको भौतिक संरचनाले भने १४५ पुरुष, आठ महिला र एक नाबालक गरी १५४ जनाको भार थेगिरहेको छ । 

कारागार कार्यालयका प्रमुख केशव ओलीका अनुसार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनसँगै सुरक्षाको समेत चुनौती देखिन्छ । बाहिरी सुरक्षाव्यवस्था बलियो पारिए पनि क्षमताभन्दा बढी कैदीको आन्तरिक व्यवस्थापनमा कारागार कार्यालयलाई समस्या परिरहेको छ । 

कैदीलाई सुत्न ठाउँको अभाव छ । उनीहरू कुनै कोठामा पालोपालो गरेर त कुनै कोठामा लस्करै लाइन लागेर सुत्ने गरेका छन् । कोल्टे फेर्नसमेत नमिल्ने गरी कोचाकोच गरेर सुत्नुपर्ने अवस्था छ । कार्यालय प्रमुख ओलीले शौचालयको प्रयोग, खेलमैदान र खेल सामाग्रीको पनि समस्या रहेको जनाउनुभयो । यसअघि खानेपानीको समेत समस्या भइरहेको यस कारागारमा हाल खानेपानीको समस्या भने हटेको छ । कैदीबन्दीलाई सिपमूलक काम गर्न, तालिम सञ्चालन गर्न र खेल्नका लागि ठाउँ छैन । २०४२ सालमा निर्माण गरिएको कारागारका दुई वटा, छकोठे भवन अहिले जीर्ण बनेका छन् । जीर्ण भौतिक संरचनामा क्षमताभन्दा बढी कैदीबन्दीलाई व्यवस्थापन गर्नुपर्दा चुनौती बढेको कारागार प्रशासनले जनाएको छ । 

कारागार अहिले दुई जिल्लाका लागि प्रयोग हुने गरेको छ । रुकुमपूर्वमा कारागार स्थापना नहुँदा मुसीकोटस्थित यो कारागार दुवै जिल्लाका लागि प्रयोग हुँदै आएको छ । २०७४ असोज १९ बाट विधिवत् रूपमा छुट्टै जिल्लाका रूपमा काम सुरु गरेको रुकुमपूर्वमा हालसम्म जिल्ला कारागार सञ्चालन भएको छैन । कारागार कार्यालयले अब भने मुसीकोटमा नयाँ कारागार भवन निर्माण प्रव्रिmया सुरु भएको जनाएको छ । आवश्यक बजेट व्यवस्थापन भएपछि भवनका लागि जग्गा छनोट, डिपिआरलगायतका काम भइरहेको कारागार प्रमुख ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भवन अत्याधुनिक बन्ने छ ।    

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending