Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

पशुपतिनाथमा तीजको तयारी पूरा

खबरडबली संवाददाता

काठमाडौं । हरितालिका (तीज) पर्वका लागि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सुविधाका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

तीजमा दर्शन गर्न आउने भक्तजन, विशेषगरी हिन्दू नारीहरूका लागि सुरक्षा, स्वयंसेवा, चन्दन वितरण, दर्शन मार्ग व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा, भजनकीर्तन, दीपावली, गौदानस्थललगायत व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्रमा मन्दिर प्रवेशका लागि चारवटा मार्ग तय गरिएको छ । पहिलो मार्गमा गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्कने र कैलाश दक्षिणको जुत्ताचप्पल कक्ष हुँदै फर्कने छ । दोस्रो मार्गमा मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुलको सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्कने र शङ्कराचार्य मठ दक्षिणको जुत्ताचप्पल कक्ष हुँदै फर्कने छ । तेस्रो मार्गमा पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनबाट कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रवेश गरी दक्षिण ढोकाबाट बाहिर निस्कने र पञ्चदेवल पूर्वको अस्थायी जुत्ताचप्पल कक्ष हुँदै फर्कने छ । र चौथोमा तिलगङ्गा–राम मन्दिर–बागमती नदी पूर्व किनार–आर्यघाट नजिकको पुल हुँदै पूर्व ढोकाबाट मन्दिर प्रवेश गरी सोही ढोकाबाट बाहिर निस्कने र आर्यघाट नजिकको अस्थायी जुत्ताचप्पल कक्ष हुँदै फर्कने छ । 

मूल मन्दिरभित्र आठवटा लामको व्यवस्था गरिएको छ । बिहान ३ बजेदेखि मन्दिरका चारवटै ढोका खोलिनेछ, जसले दर्शनार्थीले छिटो दर्शन गर्न सकिने छ । श्रीयन्त्र पूजाको समयमा जाली राखी बाहिरबाट दर्शनको व्यवस्था गरिएको छ ।

चन्दन वितरणका लागि पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला र जयवागेश्वरीमा व्यवस्था गरिएको छ । गौदान र पूर्णपात्रो जस्ता धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गमा स्थान तोकिएको छ । 

टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मन्दिर प्राङ्गणबाहेक मेला क्षेत्र अवलोकन गर्न दिइनेछ । सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिइनेछ । राष्ट्रिय अनुसन्धान विभागले मेला क्षेत्रमा अनुगमन गर्नेछ । पाकेटमारी र अनियमित गतिविधि रोक्न सादा पोसाकमा प्रहरी खटाइएको छ ।

कोषले बहुमूल्य गरगहना र साना बालबालिकासहित दर्शनमा नआउन अनुरोध गरेको छ । नित्य दर्शनार्थीका लागि बिहान ५:३० बजेसम्म चारवटै ढोकाबाट प्रवेशको व्यवस्था छ । मन्दिर दर्शनका लागि कुनै पासको व्यवस्था छैन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending