Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ आशा: प्रचण्ड र विप्लवको भेटले एकताको ढोका खोल्दै

खबरडबली संवाददाता

काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ आशा पलाएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (विप्लव)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच हरिसिद्धीमा भएको भेटवार्ताले दुई धारलाई एकै बाटोमा ल्याउने संकेत गरेको छ । 

प्रचण्ड विप्लवको निवासमै पुग्दा भएको यो एक घण्टा लामो छलफललाई धेरैले ऐतिहासिक कदमका रूपमा हेरेका छन् ।
विप्लव र उनको सचिवालयका सदस्यहरूले प्रचण्डलाई पुष्पगुच्छाले स्वागत गरेका थिए । यो न्यानो स्वागतले दुई नेताबीचको पुरानो दूरीलाई पगाल्ने प्रयासको झल्को दिएकाे छ । छलफलमा पार्टी एकता, साझा राजनीतिक एजेण्डा र नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने विषयमा गहन कुराकानी भएको नेताहरूले बताएका छन् ।

माओवादी आन्दोलन लामो समयदेखि विभाजन र वैचारिक मतभेदको सिकार बन्दै आएको छ । २०६३ को शान्ति प्रक्रियापछि माओवादी केन्द्र मुलधारको राजनीतिमा समाहित भएको थियो । तर विप्लव नेतृत्वको समूहले वैकल्पिक बाटो रोज्दै भूमिगत गतिविधि अघि बढाएको थियो । पछि सरकारसँगको वार्तापछि विप्लवको नेकपा शान्तिपूर्ण राजनीतिमा फर्किए पनि दुई समूहबीच गहिरो सहकार्यको प्रयास भने भएको थिएन ।

हालै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय गरेपछि औपचारिक संवादको ढोका खुलेको हो । त्यसमा प्रचण्ड र विप्लवको यो भेटलाई एकताको प्रक्रियालाई व्यवहारिक बनाउने महत्वपूर्ण कदम मानिएको छ ।

स्रोतका अनुसार प्रचण्ड र विप्लवबीचको छलफलमा संगठनात्मक एकता, साझा राजनीतिक कार्यदिशा र कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने विषयमा गम्भीर बहस भएकाे बताइएकाे छ । दुवै नेताले विगतमा विभाजनले आन्दोलनलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै अब एकताबाहेक अर्को विकल्प नभएकोमा सहमति जनाएका थिए । “देश, जनता र कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन हामीबीच सहकार्य मात्र होइन, संगठनात्मक एकता जरूरी छ । यो छलफल त्यसैको आधार तय गर्न भएको हो,” प्रचण्डकाे सचिवालयकाे भनाइ छ । विप्लवले पनि एकताको अपरिहार्यतामाथि जोड दिँदै विचार, सिद्धान्त र संगठनको आधारमा एक ढिक्का हुने दिशामा आफूहरू अघि बढिरहेको बताएका छन् । 

एकता अब अपरिहार्य भएकाले विचार र सिद्धान्तमा आधारित भएर एकताको बाटोमा जाने नेत्रविक्रम चन्द ‘विप्लव’ काे दाबी छ । 

यदि माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकता सम्पन्न हुन्छ भने यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिन सक्छ । हाल सत्ताको हिस्सा रहेको माओवादी केन्द्र र क्रान्तिकारी पृष्ठभूमि बोकेको विप्लव समूहको एकताले वामपन्थी शक्तिलाई थप बलियो बनाउनेछ । यो एकताले स्थानीय तहदेखि केन्द्रीय राजनीतिसम्म नयाँ समीकरण बनाउने सम्भावना छ ।

यसले विशेषगरी नेपालको वामपन्थी मतदातालाई एकताबद्ध गर्न सक्छ, जसले आगामी निर्वाचनहरूमा ठूलो प्रभाव पार्न सक्छ । साथै, यो एकताले कम्युनिस्ट आन्दोलनको वैचारिक स्पष्टता र संगठनात्मक शक्तिलाई पुनर्जनन गर्न सक्ने आशा गरिएको बताइएकाे छ । 

प्रचण्ड र विप्लवको यो भेटलाई धेरैले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ अध्यायको सुरुवातका रूपमा हेरेका छन् । यदि यो संवादले साझा एजेण्डा र सहमति निर्माण गर्न सक्यो भने विगतको विभाजनको घाउ निको पार्दै एकताबद्ध कम्युनिस्ट शक्ति निर्माण हुनेमा दुईमत छैन । यो एकता केवल दुई पार्टीको मात्र नभएर समग्र नेपाली वामपन्थी आन्दोलनको भविष्यसँग जोडिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending