Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी

खबरडबली संवाददाता

गण्डकी । साढे तीन दशक सरकारी जागिरमा समय बिताएर सेवा निवृत्त भएका मित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लागेका छन् । सेवा निवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उनी व्यावसायिक ड्रागन खेतीमा लागेका हुन् । 

सङ्घीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण भएका त्रिपाठीले पोखरा महानगरपालिका–२५ हेमजाको फुर्केटारीस्थित वर्षौँदेखि बाँझिएको भिरालो पाखोमा व्यावसायिक ड्रागन खेती गरेका छन् । 

जङ्गलको छेउमा अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, ताइवान, भारतको तामेलनाडुलगायतका विभिन्न देशबाट ल्याएका ९० भन्दा बढी प्रजाति ड्रागन फलका बिरुवाले फलदिन थालेको उनले बताए । 

पारिवारिक घुमफिरका लागि अमेरिकामा जाँदा ड्रागन फलको स्वाद पाएपछि फर्कँदा ल्याएको एउटा बिरुवा गमलामा रोपेको बताउँदै उनले भने,“राम्रो उत्पादन दिएपछि आफ्नाे वर्षौँदेखि बाँझिएको जग्गामा व्यावसायिक ड्रागन खेती सुरु गर्ने प्रेरणा श्रोत हो ।”

समुन्द्री सतहदेखि ११०० मिटरको उचाइ, ३ देखि ३२ डिग्री तापक्रम, तीनदेखि चार हजारसम्म मिलिमिटर औषत वर्षा रहेको सो १० रोपनी जग्गामा लगाएका दुई हजार बिरुवाले फल दिन थालेको फुर्केटारी एग्रो (ड्रागन फ्रुटस) फर्मका प्रोपाइटरसमेत रहेका कृषक त्रिपाठीले बताए । 

उनले भने,“२०८० वैशाख १२ गते विधिवत रूपमा फुर्केटारी एग्रो(ड्रागन फु्रटस)फर्म दर्ता गरेर सुरु गरेको व्यावसायिक ड्रागन खेतीले पहिलो वर्षबाटै उत्पादन दिन सुरु गरेको हो ।”  

यस वर्ष उत्पादन राम्रो भएको छ, आफूले खाएर, इष्टमित्रलाई चखाएर पनि दुई लाखभन्दा बढीको ड्रागन फल बिक्री गरेको उनले बताए । उत्पादित फल फर्मबाटै प्रतिकेजी ५०० का दरले बिक्री हुने गरेको छ । 

खरिदका लागि ग्राहक फर्मै आउने गरेका उल्लेख गर्दै  उत्पादित फल पोखरा बजार मुलुकका विभिन्न सहरलगायत अमेरिका र भारतमा समेत पठाएको उनले बताए ।

उनले फर्म सुरु गर्नुभन्दा पहिलो एक हजार छ सय डलर तिरेर भियतनामको एक ड्रागन फर्ममा एक हप्ते तालिमसमेत लिएको अनुभव सुनाए ।

“उत्पादित फल बिक्री हुँदैन कि भन्नु पर्दै ड्रागनका पारखी फर्मै आउनु हुन्छ” उनले भने ।बजारको मागअनुसारको फल पुर्‍याउन सकेको छैन । बढीमा एकै दिनमा ६० केजीसम्म उत्पादन हुने गरेको छ । ड्रागनले रोपेको पहिलो वर्षमा फल्ने र लगातार २० वर्षसम्म उत्पादन दिने गर्दछ ।

त्रिपाठीका अनुसार फर्ममा अहिलेसम्म ५० लाख खर्च भइसकेको छ भने कृषि ज्ञान केन्द्र कास्कीबाट आर्थिक वर्ष २०८१।०८२ मा चार लाख ७६ हजार ९८५ रुपैयाँ बरावरको आर्थिक एवम् प्राविधिक सहयोग प्राप्त भएको थियो ।

पक्की पिल्लरमा फलामे ट्रष्ट लगाएर निर्माण गरिएको फर्ममा यतिखेर लटरम्म ड्रागन फलेको छ, हिउँदको समयमा पर्ने असिनाबाट बाेट र फल जोगाउनका लागि उनले जाली राख्ने फ्रेम समेत निर्माण गरेका छन् । 

देशै भरी बाँदरको आतङ्कका कारण बाँझिएको जग्गामा यस्ता खेतीलाई जोड दिनु उपयुक्त हुने उनको सुझाव छ ।जग्गा बाँझो नराखौँ भन्ने अभियानमा जुटेका त्रिपाठीले ड्रागनको फल मात्र नभई बिरुवासमेत बिक्री गर्दै आएका छन् । 

एउटा बिरुवा रु २०० देखि एक हजारसम्ममा बिक्री गर्दै आएको बताए । फुर्केटारी ड्रागन फर्मका बिरुवा नेपालको विभिन्न स्थानसहित भारतको दार्जलिङसम्म पुगेका छन् । बिरुवा बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।

फर्ममा एउटा फलको तौल ४०० ग्रामदेखि एक किलो ३२ ग्रामसम्मको फलेको बताउँदै उनले सरकारी सेवाबाट निवृत्तिभरण भई सेकपछिको समय अनावश्यक रूपमा खर्च गर्नुभन्दा कृषि कर्ममा लाग्दा अत्यन्त खुसी लागेको बताए । फर्ममा दैनिक दुई देखि पाँच जनाले रोजगारीसमेत प्राप्त गरेका छन् ।

पोखरा–२५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाका अनुसार आलु गाउँले परिचित हेमजामा पछिल्लो समय कृषक ड्रागन खेतीतर्फm आकर्षित हुँदै गएको बताए । फुर्केटारी एग्रो फर्मले ड्रागन फल उत्पादनका साथै गुणस्तरलाई जोड दिँदै आएको कारण यो क्षेत्र पछिल्लो समय ड्रागनको रूपले परिचित हुँदै गएको उनको भनाइ रहेको छ । 

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले फुर्केटारी एग्रो फर्मको स्थलगत अध्ययन गरेको जनाउँदै मुलुकमा ड्रागन खेती विस्तार हुने क्रम बढे पनि पुर्केटारीमा उत्पादित फल स्वादिष्ट भएको बताए ।

बालबालिका र जेष्ठ नागरिकसमेतलाई खान रुचाउने नरम प्रकृतिको ड्रागन फलमा पानी, प्रोटिन, खरानी, चिल्लो पदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फोसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बिथ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका तत्त्व पाइने कृषि विज्ञको धारणा छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाउँमै सिंहदरबार आए पनि जनता असन्तुष्ट

पाल्पा । विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोज...

ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्ति अन्त्य गर्न भीम रावलकाे एमाले प्रतिनिधिलाई सुझाव

काठमाडौं । नेकपा (एमाले) का पूर्वनेता डा. भीम रावलले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश र स्वेच्छाचारी प्रवृत्त...

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल सजाय

काठमाडाैँ । प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाइएको छ । पाकिस्तानको एक आतङ...

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending