Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

ओली लक्षित विद्याको प्रहार: “कुरा धेरै गर्छन्, तर काम शून्य”

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष लक्षित गर्दै उनको नेतृत्वमा मुलुक अघि बढ्न नसकेको आरोप लगाएकी छन् ।

बिहीबार काठमाडौंको थापागाउँमा आयोजित मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले ओलीप्रति प्रहार गर्दै भनिन्– “कुरा धेरै हुन्छ, तर कुराले केही हुँदैन, यथार्थमा काम हुनुपर्छ ।”

भण्डारीले संघीय लोकतान्त्रिक प्रणालीको कार्यान्वयनमै ओली सरकार असफल भएको जिकिर गरिन् । उनले प्रदेश सरकारसम्म आफ्नै कानुन बनाउन नसक्ने स्थिति रहेको उदाहरण दिँदै भनिन्– “वडासदस्य उम्मेदवार तोक्न समेत माथिल्लो नेताको आदेश चाहिन्छ भने संघीयताको नाम मात्र के अर्थ ?”

ओली सरकारको नीतिगत र व्यावहारिक असफलताप्रति संकेत गर्दै उनले मधेसमा शुद्ध खानेपानी उपलब्ध नभएको, युवाहरू रोजगारीको अवसरविहीन बनेर पलायन हुनुपरेको र उद्योग–धन्दा फस्टाउन सक्ने सम्भावना हुँदाहुँदै पनि सरकारको अक्षमताले अवरोध गरेको आरोप लगाइन् ।

उनले अर्थतन्त्रसमेत खस्किँदै गएको स्पष्ट चित्र प्रस्तुत गर्दै भनिन्– “अर्थतन्त्र खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकिरहेको छ । व्यापार घाटा चुलिँदै गएको छ, वैदेशिक ऋण बढेको छ, तर प्रधानमन्त्री ओली गफमै सीमित छन् ।”

भण्डारीले पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यतामै क्षय भएको भन्दै ओली नेतृत्वको एमालेले आफ्नै जिम्मेवारी नबुझेको धारणा राखिन् । “पार्टीभित्र विकृति–विसंगति बढेको छ, संसद् निरीह बनेको छ, संविधान संशोधनमा सहमति भएको विषयमा समेत छलफल अघि बढाइएको छैन । यसमा सबैभन्दा बढी ओलीको नेतृत्व जिम्मेवार छ,” उनले कटाक्ष गरिन् ।

साथै, निलम्बनको प्रचलनलाई अलोकतान्त्रिक भन्दै उनले संसद्को नेतृत्व तहमा रहेका ठूला नेताहरू आफैं निलम्बनको यात्रामा फसेको व्यंग्य गरिन् । शिक्षामा समेत ओली सरकारले केही गर्न नसकेको आरोप लगाउँदै उनले भनिन्– “कपिपेस्ट शिक्षाले नयाँ पुस्तालाई विदेशतिर धकेलिरहेको छ, ओली सरकारले न नीति बनाउन सकेको छ, न समाधान ।”

भण्डारीले माले हुँदै एमालेसम्मको आफ्नो राजनीतिक यात्रा सम्झँदै निष्कर्ष दिइन्– “पूर्ण लोकतन्त्रको युगमा प्रवेश गर्दा पनि जनताका आकांक्षा पूरा हुन सकेको छैन । यसको मूल कारण भनेको ओली नेतृत्वको असफलता हो । राजनीतिक दलहरूले सुशासन दिनुपर्नेमा ओलीको नेतृत्वमा संस्थागत प्रणाली र राज्य संयन्त्र नै पंगु बनेका छन् ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending