Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

ओली लक्षित विद्याको प्रहार: “कुरा धेरै गर्छन्, तर काम शून्य”

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष लक्षित गर्दै उनको नेतृत्वमा मुलुक अघि बढ्न नसकेको आरोप लगाएकी छन् ।

बिहीबार काठमाडौंको थापागाउँमा आयोजित मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले ओलीप्रति प्रहार गर्दै भनिन्– “कुरा धेरै हुन्छ, तर कुराले केही हुँदैन, यथार्थमा काम हुनुपर्छ ।”

भण्डारीले संघीय लोकतान्त्रिक प्रणालीको कार्यान्वयनमै ओली सरकार असफल भएको जिकिर गरिन् । उनले प्रदेश सरकारसम्म आफ्नै कानुन बनाउन नसक्ने स्थिति रहेको उदाहरण दिँदै भनिन्– “वडासदस्य उम्मेदवार तोक्न समेत माथिल्लो नेताको आदेश चाहिन्छ भने संघीयताको नाम मात्र के अर्थ ?”

ओली सरकारको नीतिगत र व्यावहारिक असफलताप्रति संकेत गर्दै उनले मधेसमा शुद्ध खानेपानी उपलब्ध नभएको, युवाहरू रोजगारीको अवसरविहीन बनेर पलायन हुनुपरेको र उद्योग–धन्दा फस्टाउन सक्ने सम्भावना हुँदाहुँदै पनि सरकारको अक्षमताले अवरोध गरेको आरोप लगाइन् ।

उनले अर्थतन्त्रसमेत खस्किँदै गएको स्पष्ट चित्र प्रस्तुत गर्दै भनिन्– “अर्थतन्त्र खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकिरहेको छ । व्यापार घाटा चुलिँदै गएको छ, वैदेशिक ऋण बढेको छ, तर प्रधानमन्त्री ओली गफमै सीमित छन् ।”

भण्डारीले पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यतामै क्षय भएको भन्दै ओली नेतृत्वको एमालेले आफ्नै जिम्मेवारी नबुझेको धारणा राखिन् । “पार्टीभित्र विकृति–विसंगति बढेको छ, संसद् निरीह बनेको छ, संविधान संशोधनमा सहमति भएको विषयमा समेत छलफल अघि बढाइएको छैन । यसमा सबैभन्दा बढी ओलीको नेतृत्व जिम्मेवार छ,” उनले कटाक्ष गरिन् ।

साथै, निलम्बनको प्रचलनलाई अलोकतान्त्रिक भन्दै उनले संसद्को नेतृत्व तहमा रहेका ठूला नेताहरू आफैं निलम्बनको यात्रामा फसेको व्यंग्य गरिन् । शिक्षामा समेत ओली सरकारले केही गर्न नसकेको आरोप लगाउँदै उनले भनिन्– “कपिपेस्ट शिक्षाले नयाँ पुस्तालाई विदेशतिर धकेलिरहेको छ, ओली सरकारले न नीति बनाउन सकेको छ, न समाधान ।”

भण्डारीले माले हुँदै एमालेसम्मको आफ्नो राजनीतिक यात्रा सम्झँदै निष्कर्ष दिइन्– “पूर्ण लोकतन्त्रको युगमा प्रवेश गर्दा पनि जनताका आकांक्षा पूरा हुन सकेको छैन । यसको मूल कारण भनेको ओली नेतृत्वको असफलता हो । राजनीतिक दलहरूले सुशासन दिनुपर्नेमा ओलीको नेतृत्वमा संस्थागत प्रणाली र राज्य संयन्त्र नै पंगु बनेका छन् ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending