Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

गाजाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’, खाद्यान्न अभाव चरममा

खबरडबली संवाददाता

संयुक्त राष्ट्र । संयुक्त राष्ट्रसंघसँग आबद्ध मानवीय संस्थाहरूले गाजा क्षेत्रमा इजरायलले शरण निषेध हटाउने निर्णयलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन् । यद्यपि, उनीहरूले भावी सैन्य कारबाहीको तयारीले पहिले नै कठिन परिस्थितिमा जीवनयापन गरिरहेका जनताको स्थिति झनै संकटपूर्ण बन्न सक्ने गम्भीर चिन्ता पनि व्यक्त गरेका छन् ।

मानवीय मामिलाको समन्वय गर्ने कार्यालय (ओसीएचए) ले गाजा सहरमा सैन्य गतिविधि तीव्र पार्ने योजनाले हजारौँ व्यक्तिलाई पुनः विस्थापित गराउने जानकारी दिएको छ । ती विस्थापित गाजाको दक्षिण भागमा जान बाध्य हुने छन्, जहाँ अहिले पर्याप्त खानेपानी, स्वास्थ्य सेवा र खाद्यान्न जस्ता अत्यावश्यक सुविधा अत्यन्तै सीमित छन् । गत मे देखि लागू गरिएको शरण निषेधका कारण करिब सात लाख ८० हजारभन्दा बढी व्यक्तिहरू पटक-पटक घरबाट विस्थापित हुनु परेको बताइएको छ ।

मानवतावादी संस्थाको अनुमानअनुसार करिब १३ लाख ५० हजार मानिसलाई आपतकालीन आवास आवश्यक छ, भने झण्डै १४ लाख व्यक्तिलाई अत्यावश्यक घरायसी सामग्री आवश्यक रहेका छन् । ओसीएचएले भनेको छ, “गाजाको मानवीय अवस्था अत्यन्तै चिन्ता जनक बनि सकेको छ । जारी द्वन्द्वका बिच चरम खाद्य अभाव छ र प्रत्येक दिन दुःखदरूपमा थप मृत्यु भइरहेका छन् ।”

विश्व खाद्य कार्यक्रमले सम्भव भएसम्मको प्रयास गरी खाद्य सामग्री पुर्याउने कार्य भइरहेको जानकारी गराएको छ । तथापि, वर्तमान आपूर्ति आवश्यकता अनुसारको मात्रामा पुग्न सकेको छैन । ओसीएचएका अनुसार गाजाका स्वास्थ्य निकायहरूले पछिल्लो २४ घण्टामा कुपोषण र भोकका कारण दुई बालबालिका सहित पाँच जनाको ज्यान गएको जानकारी दिएका छन् । यस्ता दुःखद घटनाहरू रोक्नका लागि समयमै, सुरक्षित र निरन्तर रूपमा ठूला मात्रामा सहायता सामग्री वितरण गर्न सक्ने वातावरण आवश्यक छ ।

मानविय निकायले भनेका छन्, “हामीले सबै जनतासम्म सहायता पुर्याउन प्रतिबद्धता लिएका छौं । नागरिकले चाहे जहाँ रहने निर्णय लिए पनि-उनीहरूको जीवन रक्षा र अधिकारको सुनिश्चितता गरिनु आवश्यक छ । सर्न चाहने व्यक्तिलाई आधारभूत सेवा उपलब्ध गराइनुपर्छ र उनीहरूलाई आफ्नै इच्छाले फर्कन सक्ने व्यवस्था मिलाइनुपर्छ ।”

ओसीएचएले पुनः जोड दिँदै भनेको छ, “गाजाको सबै क्षेत्रलाई समेट्ने गरी सहजरूपमा मानवीय सहायता वितरण गर्न सक्ने वातावरण हुनु अति आवश्यक छ । त्यसका लागि समुदायमा आधारित वितरण प्रणालीसहित, सबै सम्भव नाका र सडक मार्गबाट ठूलो परिमाणमा सामग्री गाजामा प्रवेश गर्न दिनु अत्यावश्यक छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending