Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

शुक्लाफाँटामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा पहिलो पटक घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा ल्याइएका कुकुरको परीक्षणपछि सो सङ्क्रमण पुष्टि भएको हो ।

पशु विकास शाखाका पशु चिकित्सक भोजराज पाण्डेका अनुसार बाहिरबाट खरिद गरेर ल्याइएको कुकुरमा भाइरस देखिएको हो । “पार्वो भाइरसविरुद्धको खोप नलगाइएका र निकै कमजोर भएका कुकुरलाई स्लाइनपानी (ग्लुकोज) चढाएर उपचार सुरु गरिएको छ,” उनले भने ।

उनका अनुसार छ महिनादेखि दुई वर्ष उमेरका कुकुरमा यो भाइरस तीव्र गतिमा फैलिन्छ । बाह्य क्षेत्रबाट ल्याइने छाउराछाउरीमार्फत सङ्क्रमण फैलिने सम्भावना बढी हुने बताइएको छ । सङ्क्रमित कुकुरको सम्पर्कमा रहेका अन्य कुकुरलाई पनि भाइरस सर्ने जोखिम उच्च हुने भएकाले अनुसन्धान सुरु गरिएको पाण्डेयले जानकारी दिए । गर्मीयाममा यो रोग बढी देखिने गरेको छ ।

स्थानीय जातका कुकुरमा कम देखिने यो रोग बाह्य देशबाट ल्याइने ‘एक्जोटिक ब्रीड’का कुकुरमा भने बढी देखिने गरिएको छ । सङ्क्रमित कुकुरमा रगतसहितको पातलो दिसा, वाकवाकी, खानापानीमा रुचि नदेखाउने, गन्हाउने दिसा गर्ने, चिसो ठाउँ वा झाडीमा बस्न रुचाउने जस्ता लक्षण देखापर्छन् ।

“यस्ता लक्षण देखिए तुरुन्तै पशु चिकित्सकलाई देखाउनुपर्छ, ढिलाइ गरेमा मृत्यु दर उच्च हुने गर्दछ,” पाण्डेयले भने । उनका अनुसार यो रोगबारे जनस्तरमा चेतना अभाव भएकाले जनचेतनामूलक कार्यक्रम आवश्यक छ ।

शुक्लाफाँटा नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार पार्वो भाइरस रोकथाम गर्न सकिने खालको भएकाले पालकहरूले कुकुरलाई नियमित खोप लगाउनुपर्ने हुन्छ । “जन्मिएको छ देखि आठ हप्तासम्मका छाउराछाउरीलाई समयमै खोप लगाइएमा कुकुरको ज्यान बचाउन सकिन्छ,” उनले भने । मौसमीय परिवर्तनसँगै रोगको जोखिम बढेको उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending